शनिवार, 21 नवंबर 2015

पद्मरत्नको प्रश्न, “अन्तर्क्रियामै केही नबोलेको मैले कसरी भारतलाई चर्को नाकाबन्दी गर भनें ?”

सुरज गुरुङ काठमाडौ‌ंं, मंसिर ५ । उत्पीडित समुदायका अगुवाहरुले आफ्नो आन्दोलनलाई निस्तेज पार्न केही मिडियाहरु नियोजित रुपमा ‘व्यक्तित्व नामेट पार्ने गरी’ प्रचारमा लागेको आरोप लगाएका छन् । उनीहरुले विहिबार भारतीय राजदूतावासले आयोजना गरेको एक कार्यक्रमबारे बनाइएको समाचारमा आफूहरुलाई गलत ढंगले प्रस्तुत गरेर ‘व्यक्तित्वमाथि निर्मम प्रहार गरिएको’ बताएका हुन् ।
पद्मरत्नको प्रश्न, “अन्तर्क्रियामै केही नबोलेको मैले कसरी भारतलाई चर्को नाकाबन्दी गर भनें ?”आदिवासी जनजाति, मधेशी र दलित समुदायका आन्दोलनको नेतृत्व गर्दै आएका पद्मरत्न तुलाधर, विजयकान्त कर्ण, केदारभक्त माथेमा, तुलानारायण साहलगायतले आफूहरुले बोल्दै नबोलेको कुरा राखेर समाचार तयार पारिएको बताएका छन् । भारतीय दूतावासले गरेको एक कार्यक्रममा तुलाधर, साहलगायतले भारतले गरेको ‘नाकाबन्दीको पक्षमा’ जोडदार समर्थन गरेको को भनाइ उद्धृत गर्दै एक दैनिक पत्रिकाले प्रकाशित गरेको थियो । पद्मरत्न तुलाधरले समाचार असत्य भएकोले खण्डन गराउन भन्दै सम्बन्धित पत्रिकाको सम्पादकलाई पटक पटक फोन गर्दा पनि उनले ‘पछि फोन गर्छु’ भन्दै काट्दै गरेको बुझिएको छ ।
पत्रिकामा तुलाधरले ‘पूर्ण रुपमा नाकाबन्दी लगाउनुस्, केही छिर्न नदिनुस्’ भनेको उल्लेख गरिएको थियो । तर शुक्रबार एक विज्ञप्ती जारी गर्दै तुलाधारले आफूले कार्यक्रममै केही पनि नबोलेको तर समाचारमा गलत रुपमा ‘मेरो भनाइ भनेर समाचार बनाइएको’ भन्दै भत्सर्ना गरेका छन् । उनले यस्तो भ्रामक प्रचारले आफ्नो ‘व्यक्तित्वमाथि निर्मम प्रहार भएको’ उल्लेख गरेका छन् ।

तुलाधरले समाचार असत्य भएकोले खण्डन गराउन भन्दै सम्बन्धित पत्रिकाको सम्पादकलाई पटक पटक फोन गर्दा पनि उनले ‘पछि फोन गर्छु’ भन्दै काट्दै गरेको बुझिएको छ ।
‘राजधानीमा आयोजित एक कार्यक्रममा भनिएको उल्लेखित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘म लगायत थुप्रै नागरिक समाजका प्रतिनिधि सहभागी भएकोमा मैले कुनै पनि टिप्पणी वा विचार नै व्यक्त नगरेको जानकारी गराउन चाहन्छु ।’
‘सांग्रिला होटलमा आयोजित सो कार्यक्रम भारतीय दूतावासले पूर्ण रुपमा ‘च्याथम हाउस’ नियममा भएको जनाएको थियो,’ तुलाधरले विज्ञप्तीमा भनेका छन्, ‘यस्तो भ्रामक समाचारले मेरो व्यक्तित्वमाथि निर्मम प्रहार गरेको हुनाले राष्ट्रको संवेदनशील परिस्थितिमा संचारमाध्यमले समाचार प्रवाह गर्दा संयम अपनाउन र सत्यतालाई आधार मान्न आग्रहसमेत गर्दछु ।’
साहले पनि आफ्नो फेसबुकमा लेख्दै कार्यक्रममा नबोलेको कुरा समाचार बनेको भन्दै आपत्ति जनाएका छन् ।
‘यत्रा वरिष्ठ कूटनीतिज्ञ र राजनीतिशास्त्रीहरुको बीच मैले नेपाल–भारत सम्बन्ध र नाकाबन्दीबारे बोल्ने धृष्ठता गर्न सक्दिन । तर मधेस आन्दोलनबारे बुँदागत रुपमा केही कुराहरु राखेको थिएँ’, अगाडि भनिएको छ, ‘मैले बोल्दै नबोलेको कुरालाई स्रोतको हवाला दिएर विवादास्पद र उत्तेजक शैलीमा छापिएकोप्रति मेरो आपत्ती छ । म यसको खण्डन गर्दछु ।’

समाचारमा ‘तुलानारायण साहले चीनबाट वैकल्पिक आपूर्ती जारी रहे केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएका थिए’ उल्लेख छ । भारतीय दूतावासद्वारा आयोजित उक्त लन्च मिटिङमा मैले ती कुराहरु बोलेकै होइन । लगभग आधा दर्जन पूर्व राजदूत र त्यति नै संख्यामा प्रा.डा.हरुको उपस्थिति रहेको थियो ।
padmaratna-tuladhar-annapurna-postआदिवासी जनजाति राष्ट्रिय आन्दोलन : झुठा समाचार लेख्नेलाई कारवाही गर
यसैबीच आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले तुलाधरप्रति भ्रम सिर्जना गर्नेगरी समाचार सम्प्रेषण भएको भन्दै विरोध गरेको छ । आन्दोलनको तर्फबाट एक विज्ञप्ती जारी गर्दै प्रवक्ता डा. ओम गुरुङले ‘झुठ समाचार सम्प्रेषण गरी आम नागरिकलाई भ्रम पार्ने दुष्प्रयास गरिएको’ बताएका छन् ।
‘अन्तक्र्रियामा सहभागी नागरिक समाजका अगुवा तथा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका अध्यक्ष श्री पद्यरत्न तुलाधरले आफ्नो मुलुकविरुद्ध भारतले पूर्ण नाकाबन्दी लगाउन र कुनै पनि सामान छिर्न नदिन आग्रह गरे भन्ने झुठ समाचार सम्प्रेषण गरी आम नागरिकलाई भ्रम पार्ने दुष्प्रयास गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘भारतीय राजदूत रञ्जित रेले उक्त दिन आयोजना गरेको अफ द रिकर्ड अन्तक्र्रियामा केही नबोली फर्केका श्री पद्यरत्न तुलाधरबारे अन्नपूर्ण दैनिकजस्तो राष्ट्रिय स्तरको पत्रिकाले यस्तो निराधार र कपोकल्पित समाचार लेखी सम्प्रेषण गर्नु घोर आपत्तिजनक कुरा हो ।’
विज्ञप्तीमा झुठो समाचारप्रति खेद प्रकट गर्दै ‘झुठा समाचारले पद्यरत्न तुलाधरजस्ता स्वाभिमानी नागरिकको सच्चा राष्ट्रियताप्रति खोट लगाउने दुष्प्रयास भएको’ उल्लेख गरिएको छ ।
विज्ञप्तीमा उक्त गलत समाचारको खण्डन प्रकाशित गर्न पनि सम्बन्धित पत्रिकालाई आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ– ‘पत्रकार आचारसंहिता उल्लंघन गरी सस्तो लोकप्रियताका लागि गलत र झुठा समाचार प्रकाशन र सम्प्रेषण गर्ने पत्रिकालाई तुरुन्त कारवाही गर्न नेपाल प्रेस काउन्सिललाई हामी जोडदार आग्रह गर्दछौं ।’

कोई टिप्पणी नहीं: