शनिवार, 21 नवंबर 2015

“मूलधारका मिडिया”ले कसरी सहीलाई गलत र गलतलाई सही बनाइरहेको छ ?

“मूलधारका मिडिया”ले कसरी सहीलाई गलत र गलतलाई सही बनाइरहेको छ ?विक्रम सुब्बा, मंसिर ५ -  अमेरिकामा “मूलधारका मिडिया” : सन् १९९० तिर अमेरिकाका केही कंपनीहरूले धेरै सहरमा (र अन्य मुलुकमा) खबरपत्रिकाहरूको प्रकाशन र रेडियो (पछि आएर टिभी पनि) स्थापित गरेर मानिसहरुलाई सूचित गर्ने काम जोडतोडका साथ गरे जसलाई सबैभन्दा पहिले “मूलधारका मिडिया” भनियो । जसमा राजनीतिक नेता, कर्मचारी, धनवान, धार्मिक नेता, राष्ट्रपति, मन्त्री, बैंकर, नामी हिरो-हिरोइन, अनुसन्धानकर्ता आदिले बोलेका-भनेका-लेखेका धारणाहरूको जानकारी गराइन्थ्यो । भनिन्छ, यहुदीहरूले अमेरिकालाई नै नियन्त्रण गर्दै आएका छन् । आज, अमेरिकाको मिडिया सात जना यहुदीद्वारा संचालित गर्छन् । यिनैलाई ” मूलधारका मिडिया” मानिन्छ । यिनैले प्रचारप्रसार गरेको कुरा धेरै अमेरिकीहरूका दिमागमा “सत्य” बनेर छापिन्छ ।

“मूलधारका मिडिया”ले “कर्णाली प्रदेश”को मागलाई बडो सकारात्मक तरिकाले प्रचार गर्‍यो र प्रदेश नम्बर ६ बनाउनेहरूलाई सजिलो भयो । तर नै मधेशको आन्दोलनलाई नकारात्मक किसिमले प्रचार गर्दा सत्ता पक्षका नेता र मधेशी नेताहरूको सम्बन्ध नै तीतो बनाइदियो जसले गर्दा मधेशको सवाल नराम्रोसँग गिजोलियो र अहिले निल्नु न ओकल्नुको पेचीलो “नाकाबन्दी”मा पुग्यो ।
“मूलधारका मिडिया”ले कसरी “मत उत्पादन/निर्माण” (manufacturing consent) गर्छ ? : एडवार्ड एस हेर्मन र नोम चोम्स्कीका अनुसार केही प्रोपोगाण्डाका मोडलमार्फत् “कन्सेन्ट उत्पादन/निर्माण” गरिन्छ । कुनै पनि सूचनालाई पाँच किसिमका फिल्टरहरूबाट गुज्रिनु पर्दछ ।
ती फिल्टरहरू हुन् :
१) स्वामित्व : नाफामूलक व्यापार-व्यवसायको रुपमा मिडियामा एक (या धेरै) धनी र शक्तिशाली मानिसहरूले मिलेर लगानी गरेका हुन्छन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाको ८०% खबर पत्रिकाहरू निजी क्षेत्रबाट प्रकाशित हुने गर्थे । सन् १९९२ मा बेलायतको ९०% मिडियालाई कोनराड ब्ल्याक, रुपर्ट मुर्डोच, लर्ड रोथेर्मेर, लर्ड स्टिभेन्स र मिरर ग्रुपले नियन्त्रण गर्दथे । यी मिडिया मुगलका स्वार्थको प्रतिकूल सूचना “फिल्टर” गरेर फालिने नै भयो ।
२) विज्ञापन : मिडिया हाउसहरू मुनाफाकै निम्ति काम गर्नेहरूले दिने “विज्ञापन दाता”हरूमा निर्भर गर्छन् । अर्थात, “मिडिया हाउस”हरू र “विज्ञापन दाता”हरूको स्वार्थ मिल्छ । भनिन्छ, धेरै विज्ञापन आउनु नै “मिडिया हाउस”को “गुड न्युज” पनि हो र “ब्रेकिङ न्युज” पनि हो । विज्ञापन जसले दिन्छ उसैको स्वार्थ रक्षा गर्नु नै “पोलिटिकल इकोनोमी” हो । (कुनै राजनीतिक पार्टी र कुनै नेताको पनि मिलाएर विज्ञापन गर्ने कला “मूलधारका मिडिया”सँग हुन्छ ।)
३) स्रोत छनौट : पत्यारिला मिडिया हाउसहरूले सरकारी तथा स्थापित संघ-संस्था वा व्यवसायिक घरानाहरूलाई मात्र सूचनाको स्रोत बनाउँछन् । ‘द न्युज’ पत्रिकाका टम कोच ‘कुनै पनि विदेशका खबरहरू अमेरिकी सरकारविरोधी छ भने त्यसलाई “फिल्टर” गरेर फालिन्छ भनी स्वीकार गर्दछन् । “न्युयोर्क टाइम्स” र “वासिङ्टन पोष्ट”ले गरेको एक अध्ययनअनुसार यी पत्रिकाहरूमा प्रकाशित २८५० घटना-कथा-सूचनामध्ये ८०% घटना-कथा-सूचना सरकारी घोषणाहरूमा आधारित थिए । जसले अमेरिकी सरकारको “राम्रो” छ भन्ने “कन्सेन्ट उत्पादन/निर्माण” गरिदिए ।
जनआन्दोलन भाग २ उठ्यो र त्यतिबेला सयौँ एफएम रेडियो र हजारौँ पत्रिकाले राजसंस्थाको विरुद्धमा र आन्दोलनको पक्षमा दनादन प्रचार गरेर ‘राजाको शासन ठिक छैन’ भन्ने “मत उत्पादन/निर्माण” गरिदिए । राजा ज्ञानेन्द्र नारायणहिटीबाट “गेट आउट” र अढाइ सय वर्षसम्म शासन गरेको शक्तिशाली सामन्ती दुर्ग “राजसंस्था” ढल्यो ।
सोभियत संघको पत्रिका ‘प्राब्दा’को ७९% विषयवस्तुको स्रोत सरकारी प्रेस कन्फरेन्स वा सरकारी प्रेस रिलिजलाई नबनाएर “नागरिकहरुका आरोपहरु, प्रश्नहरू तथा उनका सवालहरू”लाई आधार बनायो । जसले सोभियत संघलाई धाराशयी पार्ने “मत निर्माण” गर्यो भनिन्छ ।
४) आलोचना : यो “फिल्टर” बारे उदाहरण हेरौं । खराब सरकार र ठूला व्यवसायिक घरानाहरूलाई पनि उनको “पेल्न सक्ने हैसियत”लाई ध्यान दिएर मात्र मिडियाले आलोचना गर्छ (नत्र करोडौँको विज्ञापन रोकिन्छ, मिडिया लाइसेन्स खोसिन्छ) । या, आलोचना जनताले नपत्याए आफै “बेकुफ भइने” सम्भावना पनि रहन्छ । लण्डन कलेज अफ प्रिन्टिङका निर्देशक भन्छन्– “कुनै पनि न्युज डेस्कमा बस्नेले कोकाकोला खाए क्यान्सर हुन्छ” भन्ने न्युज लेख्न आँटै गर्दैन । यो न्युज जसले लेख्छ उसलाई कसैले पत्याउँदैन बरु त्यो न्युज लेख्नेकै कारण उसको व्यवसायिक (Professional) “इमेज” नै “ड्यामेज” हुन सक्छ ।
५) विचारधारा : शीतयुध्दका बेला धेरै “मिडिया”हरूले कम्युनिष्टलाई नकारात्मक रुपले पेश गरिएका “न्युज”, “फिचर” तथा “सामग्री”हरू विचारधाराकै आधारमा भरमार प्रोपोगाण्डा गरे । संसारभरिका पाठक-दर्शकहरुको मनमा ‘कम्युनिष्ट भनेका नराम्रा हुन्’ भन्ने धारणा बन्यो । जसले सोभियत संघलाई धराशायी पार्ने “मत उत्पादन/निर्माण” गर्‍यो ।
नेपालमा “मूलधारका मिडिया” र “मत उत्पादन/निर्माण”
महेन्द्रीय पञ्चायती व्यवस्थाका बेला रेडियो नेपालले सुरुमै ‘हिन्दु भजन’को शंखघण्टको आवाज र राजाको “महावाणी”बाट कार्यक्रम सुरु गर्दथ्यो । राजालाई विष्णुको अवतार भनेर प्रचार गर्थ्यो । त्यतिखेरै गोरखापत्र, राइजिङ नेपाल र केही राजावादी साप्ताहिक पत्रिकाले पनि पञ्चायतले गरेका कामको गुणगान गरेर “मत उत्पादन/निर्माण” गर्थे । यसरी नै पञ्चायतलाई ३० वर्ष घिसार्दै ल्याए ।
जनआन्दोलन भाग २ उठ्यो र त्यतिबेला सयौँ एफएम रेडियो र हजारौँ पत्रिकाले राजसंस्थाको विरुद्धमा र आन्दोलनको पक्षमा दनादन प्रचार गरेर ‘राजाको शासन ठिक छैन’ भन्ने “मत उत्पादन/निर्माण” गरिदिए । राजा ज्ञानेन्द्र नारायणहिटीबाट “गेट आउट” र अढाइ सय वर्षसम्म शासन गरेको शक्तिशाली सामन्ती दुर्ग “राजसंस्था” ढल्यो ।
वर्तमान नेपालमा “मूलधारका मिडिया”ले कस्तो “मत उत्पादन/निर्माण” गरिरहेछ ? देखिएका कुरा (Observations) हरूका आधारमै भन्ने हो भने :
१) भारतीय टिभी कार्यक्रमहरूले नेपालमा भारतीय राजनीति, हिन्दु सामन्ती संस्कृति तथा भारतीय पुँजीवादी संस्कृति “ठीक छ” भन्ने “मत उत्पादन/निर्माण” गरिरहेछन् ।
२) बीबीसी, सीएनएन, अलजजीरा, डिस्कभरी, टीएलशी, स्पोर्ट्स च्यानलहरू, नेशनल ज्योग्राफिक च्यानल आदिले “पाश्चात्य पुँजीवादी ठीक” भन्ने “मत उत्पादन/निर्माण” गर्दछन् ।
३) नेपालका एफएम रेडियोहरूले प्रसारण गर्ने “सिण्डिकेटेट” कार्यक्रमहरूले धेरै हदसम्म भारतकै संस्कृति र पाश्चात्य ज्ञान तथा प्राविधिक साम्राज्यवाद “ठीक छ” भन्ने “मत उत्पादन/निर्माण” गर्ने काम गर्छन् । नेपालभित्र पनि यिनले शासकहरूको कुरा “ठीक” भनेर ठूलो स्वरमा भन्ने तर “जनजाति तथा सिमान्तीकृत समुदायको अधिकार”को कुरा सानो स्वरमा मात्र भन्ने-बोल्ने गरेका छन् ।
४) रासस, कान्तिपुर तथा रिपब्लिका जस्ता मिडिया हाउसले “मूलधारका मिडिया”को काम गर्ने हैसियत राख्छन् भन्ने हो भने यिनले भारतीय सत्ता पक्ष र पाश्चात्य पुँजीवादी पक्षको धारणा “ठीक छ” भनेर “मत उत्पादन/निर्माण” गर्छन् र “जनजाति तथा सिमान्तीकृत समुदायको अधिकार”को कुरालाई निरन्तर बेवास्ता गरेरै ध्वस्त गरिरहेछन् ।
५) पछिल्लो समयमा केही अनलाइन न्युज पोर्टलहरू पनि सुरु भएका छन् । जसको आफ्नै “न्युज सोर्स” छैन । तिनले रासस, कान्तिपुर र रिपब्लिका जस्ता मिडिया हाउसले नै उत्पादित गरेका समाचार सामग्री र फेसबुकबाट झरेका “न्युज” “कट & पेष्ट” गर्ने भएकोले यिनले अहिले नै छुट्टै “मत उत्पादन/निर्माण” गर्ने हैसियत राख्दैनन् ।
६) भर्खरैका घटना– १) राज्य पुन:संरचना गर्ने बेलामा “लिम्बुवान”, “नेवाः”, “मगरात” जस्ता प्रस्तावित नामांकनहरूलाई “मूलधारका मिडिया”ले नकारात्मक किसिमले “जातीय राज्य हुँदै हुन्न” भनेर युद्धस्तरमा प्रचार गर्‍यो र “लिम्बुवान”, “नेवाः”, “मगरात”का पक्षधर प्रचण्ड र बाबुरामसमेत हारेर “जातीय राज्य हुन सक्दैन” भन्न पुगे । २) टीकापुरको घटनालाई पनि “मूलधारका मिडिया”ले यस्तरी प्रचार गर्‍यो कि “थारुहरूकै गल्ती थियो” भन्ने “मत उत्पादन/निर्माण” भयो । ३) “कर्णाली प्रदेश”को मागलाई बडो सकारात्मक तरिकाले प्रचार गर्यो र प्रदेश नम्बर ६ बनाउनेहरूलाई सजिलो भयो । ४) “मूलधारका मिडिया”ले नै मधेशको आन्दोलनलाई नकारात्मक किसिमले प्रचार गर्दा सत्ता पक्षका नेता र मधेशी नेताहरूको सम्बन्ध नै तीतो बनाइदियो जसले गर्दा मधेशको सवाल नराम्रोसँग गिजोलियो र अहिले निल्नु न ओकल्नुको पेचीलो “नाकाबन्दी”मा पुग्यो ।
युद्धमा जासुस र मिडिया सबैभन्दा “फ्रन्ट लाइन”मा हुन्छन् । त्यसैले भनिन्छ, कुनै पनि मुलुकमा ‘सीआईए’ र ‘रअ’ले सबैन्दा पहिले मिडियालाई आफ्नो बनाएर काम थाल्छन् । नेपालका कुनकुन मिडिया, सम्पादक, प्रेस सल्लाहकारलाई ककसले ‘आफ्नो’ बनाएर काम गरिरहेछन् भन्नेबारे कसैले अध्ययन गरेको छ छैन थाहा भएन । तर अन्य मुलुकमा भएका अध्ययनका आधारमा नेपालका मिडियाहरुको “कन्टेन्ट एनालेसिस” गरिहेर्ने हो भने “थाहा” नहुने कुरै भएन ।
विस्तृत हेर्न एडवार्ड एस हेर्मन र नोम चोम्सकीद्वारा लिखित Manufacturing Consent – 2002 – by Chomsky and Herman (यो लिङ्कमा क्लिक गरेर download गर्न सक्नुहुनेछ) नामक पुस्त पढ्न प्रोत्साहित गरिन्छ -लेखक

कोई टिप्पणी नहीं: