बुधवार, 25 नवंबर 2015

‘प्रधानसेनापतिका भाइको पेट्रोल पम्प’मा सिलबन्दी, सञ्चालक पक्राउ !

गोविन्द घिमिरे ९ मंसिर, चितवन । वाणिज्य विभागले चितवनको भरतपुर १० रिजाल चोकस्थित अष्टभुजा पेट्रोल पम्पमा सिलबन्दी गरेको छ । पेट्रोल पम्प सञ्चालक खिलकान्त बर्तौलालाई विभागले नियन्त्रणमा समेत लिएको छ ।
Hari-Narayan-Belbase,-Astavकालोबजारी गरेको पाइएपछि विभागका निर्देशक हरिनारायण बेल्बासे नेतृत्वको टोलीले बुधबार विहान पेट्रोल पम्पमा सिलबन्दी गर्दै सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
उक्त पेट्रोल पम्प नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीका भाइ रविन्द्र क्षेत्रीको जग्गामा बनेको छ । बर्तौलाले भाडामा पेट्रोल पम्प चलाउँदै आएका थिए । स्थानीयले अष्टभुजा पेट्रोल पम्पलाई प्रधानसेनापतिको भाइको पेट्रोल पम्प भनेर चिन्ने गर्दछन् ।
पेट्रोलपम्प सिल गर्दै वाणिज्य विभागका निर्देशक बेल्बासे
‘उपभोक्ताको व्यापक गुनासो आएको थियो । हामीले अनुसन्धान गर्दा पनि कालोबजारी गरेको पाइयो, त्यसैले कारवाही अघि बढाएका हौं,’ बेलबासेले अनलाइनखबरसँग भने ।
वाणिज्य विभागका निर्देशक बेल्बासेले पेट्रोल पम्प सञ्चालकलाई कालोबजारी सम्वन्धी ऐन र केही सामाजिक अपराध ऐनअन्तर्गत कारवाही गर्ने बताए ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले अंशबण्डा भैसकेकाले कुन भाइको नाममा छ भनेर आफूलाई थाहा नभएको जानकारी दिए । प्रवक्ता कार्कीले भने, ‘अंशबण्डा भैसकेको छ । तर उहाँहरू (राजेन्द्र क्षेत्री र रमिन्द्र क्षेत्री)को नाममा छैन ।’

कोई टिप्पणी नहीं: