मंगलवार, 24 नवंबर 2015

पाँच जिल्लाको जनमत संग्रह मानिँदैन : उपेन्द्र यादव

संघीयता र गणतन्त्रमा पनि जनमत संग्रह गरेर देखाउन चुनौती

८ मंसिर, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विवादित बनेका पाँच जिल्लाको सन्दर्भमा जनमत संग्रह गर्ने हो भने मुलुक झनै अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
Upendra-Yadavरिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘जनमत संग्रहले समस्याको हल गर्दैन । अहिलेको समस्या पाँच जिल्लाको होईन पूर्वका दुई र सुदूरपश्चिमका दुई नेताको समस्या हो । जनमत संग्रहले समाधान दिँदैन उल्टै बल्झाउँछ ।’
अध्यक्ष यादवले पाँच जिल्ला कहाँ राख्ने भन्ने विषयमा जनमत संग्रह गर्ने हो भने संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रसहितका विषयमा पनि जनमत संग्रह गर्न प्रमुख दलका नेताहरु तयार हुने कि नहुने भनेर प्रश्न गरे । अहिलेको संविधानले बनाएका प्रदेशहरु कुनै पनि स्वायत्त र अधिकार प्रदेश नभएको दावी गर्दै उनले अहिलेको प्रदेशको अधिकार जिल्ला विकास समितिको जति पनि नभएको टिप्पणी गरे । ६ वटा प्रदेश खस आर्यको अधिपत्य कायम राख्ने गरी बनाइएको उनले आरोप लगाए ।

‘मधेसका घटनाहरु एक्सनको रियाक्सन’
उनले मधेसको माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । मधेसको समस्या राजनीतिक भएकोले यसको समाधान राजनीतिक ढंगले नै हुनु पर्नेमा जोड दिए । अध्यक्ष यादवले मधेसमा छिटपुट रुपमा घटेका दुखद घटनाहरु राज्यको नरसंहार र दमनको एक्सनको रियाक्सन भएको भन्दै आफूहरु अहिले अहिले फेरि त्यस्तो घटना नघटोस् भन्ने प्रयासमा रहेको बताए । उनले भने,’ दमनको आक्रोशमा केही घटना भएका छन् । सरकारले भिजिलान्ते घुसाएर भड्काउने खोजिरहेको छ ।’

कोई टिप्पणी नहीं: