सोमवार, 23 नवंबर 2015

ऋशीकेश उत्सव भब्यताको साथ संपन्न !

गुल्मी मंसिर ७।  रुरु क्षेत्र रिडीको रुरु धाममा आज ऋशीकेश उत्सव धुमधाम सँग मनाइएको थियो। मध्यान्ह १२ बजे ऋशीकेश मन्दिरमा फुलपाती भित्राइ, दिउस ३ बजे देखी ऋशीकेश भगवानको रथ लाई रिडी बजारमा परीक्रमा गराइएको थियो।आज भएको रथ यात्रामा पहिलो पल्ट कारिकोट च भ गाबिस वडा नम्बर - ८ (छिस्दी) को मगर बाजा सहित हजारौ श्रदालु भक्तजनहरुको सहभागी रहेको थियो। परिक्रमाको दौरान सबै भन्दा अगाडी मगर पन्चे बाजा त्यस पछी क्रमश सानो रथ , ठुलो रथ अनि भजन मण्डलीले बजार क्षेत्रमा घुइचो लागेको थियो 
तस्बिर सौजन्य : रुरु नेटवर्क रिडी 

कोई टिप्पणी नहीं: