मंगलवार, 10 नवंबर 2015

रौतहटको बाल्चनपुरमा सवारी दुर्घटना, चारको मृत्यु !

गाैतम श्रेष्ठ २४ कात्तिक, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १३ बाल्चनपुरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतटह औरहिया गाविसका विवेककुमार सिंह, कामोद साह, जयप्रकाश गुप्ता र धमौरा गाविसका रुपेश यादव रहेका छन् । गुप्ताको उपचारका क्रममा चपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए । चन्द्रनिगाहपुरबाट गौर आउँदै गरेको बा ३३ प २०६८ नम्बरको मोटरसाइकल र गौरबाट चपुरतिर जाँदै ना ४ ख ९७९१ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 
दीपावली तथा छठको अवसरमा काठमाडौंबाट रौतहटका गाउँतर्फ गएका सर्वसाधारण सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इन्धन अभावले सार्वजनिक सवारी साधन नपाउने हुँदा रौतहटको गौर तथा राजमार्ग आसपासका युवाले मोटरसाइकलमा सर्वसाधारणलाई भाडा लिएर यात्रा गराउने गरेका छन् । सोही क्रममा एउटा मोटरसाइकलमा चालकसहित तीन जनालाई बोकेर हिँड्ने क्रममा दुर्घटना भएको हुन सक्ने डिएसपी पोखरेलले बताए । दुर्घटना ग्रस्त सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । 

कोई टिप्पणी नहीं: