सोमवार, 9 नवंबर 2015

अमेरिकी राजनीतिक इतिहासको लज्जास्पद क्षण नेपालमा दोहोर्‍याउन खोजिँदै छ ?

पाँच जना दासलाई तीन मानेर गन्ती गरिएको त्यो क्षण !
कुरो हालसालैको होइन, २०० वर्षभन्दा अगाडिको हो | नयाँ मुलुक कहलिएको अमेरिकामा नयाँ सरकार गठन र कंग्रेसमा जनप्रतिनिधि छान्दा के आधारमा छान्ने ? ठूला प्रदेशहरुले बढी प्रतिनिधित्व पाउने वा ठुला-साना सबै प्रदेशहरुले बराबर हिस्सा पाउने ? आदि विभिन्न कुरामा बृहत्तर छलफल भएको थियो |
प्रदेशको जनसंख्याअनुसार कंग्रेसम्यानको संख्या निर्धारण हुनुपर्ने भर्जिनिया प्रदेशको प्रस्ताव थियो, जसलाई सबै ठूला प्रदेशहरुले समर्थन गरेका थिए भने सबै प्रदेशले कंग्रेसमा समान प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने न्युजर्सी प्रदेशको माग थियो, जसमा साना प्रदेशहरुको समर्थन थियो |
सन् १८०८ मा दासप्रथालाई नियन्त्रणमा राख्ने र जनसंख्याको अनुपातमा कंग्रेसमा प्रतिनिधित्व गर्ने कुरालाई लिएर दासहरुलाई गन्ती गर्दा three-fifth अर्थात ५ जना दासहरुलाई ३ जना मानेर गणना गरियो | कतै नेपालका एकात्मवादीहरुले मधेशी-जनजातिहरुलाई पनि three-fifth गरेर त गनेका छैनन् ?
संयुक्त राज्य अमेरिकाका संस्थापकमध्ये एक रोजर सरम्यान (Roger Sherman) ले एउटा गज्जबको सम्झौता प्रस्ताव पेश गरे, जुन केनेटिकट सम्झौताका नामले प्रसिद्ध छ | उक्त सम्झौताबमोजिम कंग्रेसमा दुई सदन राख्ने, एउटा जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने गरी प्रतिनिधि सभा गठन गर्ने र अर्को प्रत्येक प्रदेशबाट बराबरी दुई दुई जना सिनेटरले सिनेट सभामा प्रतिनिधित्व गर्ने | हालसम्म पनि यही व्यवस्था कायम रही आएको छ |
अब प्रश्न उठ्यो : जनसंख्या त जनसंख्या ! त्यस जनसंख्याभित्र रहेका दासहरुलाई यो प्रक्रियामा कसरी समावेश गर्ने ? तिनलाई कुन ढाँचामा गन्ती गर्ने ? दक्षिणी प्रान्तमा भएका प्रदेशहरुले दासप्रथाको अन्त्य गर्ने वा दाससम्बन्धी रहेका प्रावधानमा संविधानमा हेरफेर नहोस् भन्ने नै चाहे |
यसका साथसाथै कंग्रेसमा आफ्नो बढी प्रतिनिधित्व गर्नलाई दासहरुलाई पनि गिन्ती गरियोस् भन्ने चाहना राखे | संविधानमा दासहरुलाई नजरअन्दाज नगरियोस् तर तिनलाई गिन्ती चैँ गरियोस् भनेर दुवै हातमा लड्डु पार्ने काइदा फुराएका थिए | ती प्रदेशहरु, जसले दासप्रथामा प्रतिबन्ध लगाइसकेका थिए, तिनले ती दासले प्रदेशहरुको दुवैतिरबाट फाइदा लिने अभिष्ट पूरा हुन दिने कुरै थिएन |
अरु सम्झौताहरु पनि भए | ती सम्झौताहरु कार्यन्वयनमा ल्याउन कंग्रेसलाई २० वर्ष लाग्यो र बल्ल आएर सन् १८०८ मा दासप्रथालाई नियन्त्रणमा राख्ने र जनसंख्याको अनुपातमा कंग्रेसमा प्रतिनिधित्व गर्ने कुरालाई लिएर दासहरुलाई गन्ती गर्दा three-fifth अर्थात ५ जना दासहरुलाई ३ जना मानेर गणना गरियो | उत्तरी प्रान्तका प्रदेशहरुले यस सम्झौतालाई मञ्जुर गरे, कारण उनीहरुकहाँ दासप्रथा लोप हुँदै थियो…
कतै नेपालका एकात्मवादीहरुले मधेशी-जनजाति लगायतलाई पनि three-fifth गरेर त गनेका छैनन् ?

कोई टिप्पणी नहीं: