शनिवार, 7 नवंबर 2015

भाइटीकाको साइत ११:५५ मा !

२१ कात्तिक, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ । तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ । कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार पर्ने समितिले जनाएको छ ।
Vai-Tiakकाग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई मीठा खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ । कात्तिक २५ गते लक्ष्मीपूजा परेको छ। दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ । त्यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा छ । कात्तिक २६ गते गाईपूजा, गोबद्र्धन पूजा, गोरु र नेवारी समुदायको म्ह(आत्म)पूजा गरिन्छ । यसै दिन कात्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत्  पनि सुरु हुन्छ ।  यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ ।
कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । ‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११स्५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ” समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने । रासस

कोई टिप्पणी नहीं: