सोमवार, 23 नवंबर 2015

मान्छे मार्न पाइँदैन: आयोग

काठमाडौं  मंसिर ७ - राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि बहानामा कसैले मान्छे मार्न नपाइने बताएको छ । आन्दोलनरत मोर्चाका नेता र आयोग पदाधीकारीबीच सोमबार भएको छलफलमा अध्यक्ष अनुपराज शर्माले टाउकामा ताकी-ताकी प्रहरीले गोली हान्नु मानवीय कानुनविपरीत हुने बताएका हुन् । प्रहरीले गोली प्रहार गर्दा आन्दोलनकारीको मृत्यु भएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिन मोर्चाका नेताले आयोगलाई आग्रह गरेका थिए । 

कोई टिप्पणी नहीं: