सोमवार, 2 नवंबर 2015

नेपाली सरोगेट आमाहरु भारतमा !

१६ कात्तिक, नयाँदिल्ली । भाडाको कोखबाट बच्चा जन्माउने नेपाली महिलाहरु भारतका विभिन्न सहरमा गइरहेको खुलासा भएको छ । नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै नेपाली आमाहरु कोख भाडामा दिन भारतका विभिन्न सहरमा जाने गरेका हुन् । 
आफ्ना पति वा परिवारका सदस्यसँग भारतीय सीमासम्म जाने र भारतीय सहरमा पुगेपछि उनीहरु भारतीय पहिचान भएको कुनै फारम हात पारी सरोगेसी योग्य हुने गरेको नागरिक दैनिकमा खबर छ । यसरी सरोगेसीका लागि अधिकांश महिला कोख भाडामा दिएबापत उचित रकम हात पार्न भारतको नयाँ दिल्ली पुग्ने गरेका छन् । बुटबलकी माया (नाम परिवर्तन)ले आफ्ना पति सहमत भएकाले भाडामा कोख दिन तयार भएको बताइन् । ‘नेपालबाट पतिसँगै आएँ,’ उनले भनिन् ‘सीमामा सोध्दा कामका लागि दिल्ली जान लागेको भने ।’
उनकै एक नातेदारले पनि कोख भाडामा लगाएको थाहा पाएपछि मोटै रकम पाइने आसले आफूले पनि कोख भाडामा दिने निर्णय गरेको मायाले बताइन । उनले भनिन् ‘मलाइ कसैले फकाएको होइन, सरोगेसीका लागि म आफैं तयार भएकी हुँ ।’

कोई टिप्पणी नहीं: