शनिवार, 23 अगस्त 2014

संघीय लोकतान्त्रिक गणतन्त्र भारतको एजेण्डाः गजुरेल

'एमाओवादीसँग कार्यगत एकता पनि हुँदैन'
संखुवासभा, भाद्र ७ - नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संघीय लोकतान्त्रिक गणतन्त्र  भारतको एजेण्डा बताएका छन् । अब बन्न लागेको संविधान भारतका लागि भएको उनले दाबी गरे ।
cp gajurel क्रान्तिकारी पत्रकार महासंघले शनिबार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले भारतका लागि ल्याइएको संविधान आफ्नो पाटीलाई मान्य नहुने बताए । गजुरेलले प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा बोलाएर झुक्याएको समेत आरोप लगाए । 'प्रधानमन्त्रीले वार्तामा बोलाएर तपाईंहरुको माग ठिकै रहेछ भन्नुभो,' उनले भने, 'त्यपछि बैठक पनि बोलाइएन, हामीलाई झुक्याउने काम मात्रै भयो यसरी राजनीति चल्दैन ।' माओबादीलाई छलेर ल्याउने संविधान मान्य नहुने गजुरेलको भनाइ छ । 'संविधानसभामा संविधान घोषणा भइरहँदा बाहिर जलाएको राम्रो हुँदैन,' उनले भने, 'हामी पहिचान सहितको संघीयताको पक्षमा छौं ।' उनले तिहारलगत्तै आन्दोलन चर्काउने बताए । गजुरेलले पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीसँग कार्यगत एकतासमेत हुन नसक्ने दाबी गरे ।

कोई टिप्पणी नहीं: