छापा मार्न १ सय ३० कर्मचारी परिचालित
८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा एकसाथ छापा मारेर कागजपत्र कब्जामा लिएको छ । तीन संस्थामा भ्रष्टाचार र अनियमितताका एक हजार भन्दा बढि उजुरी परेपछि अख्तियारले आज एकसाथ छापा मारेको प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले जानकारी दिए । उनका अनुसार अख्तियारका १ सय ३० जना कर्मचारी छापा मार्न परिचालन गरिएका छन् । महत्वपूर्ण कागजपत्रहरु जफत गरिरहेको उनले जानकारी दिए । बिभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने क्रममा करोडौं घुस लेनदेन भएको र पैसा लिएर सम्बन्धन दिन लागिएको पाइएपछि अख्तियारले छापा मारेको हो । छापा मार्ने कार्य अहिले पनि जारी रहेको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें