काठमाडौ, भाद्र ८ - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा कुरा नमिलेपछि एमाओवादी नेताहरु वैठक छाडेर बाहिरिएका छन् । एमाओवादीले राखेको उच्च स्तरीय राजनीतिक समिति गठनको प्रस्तावमा अन्य दल असहमत भएपछि एमाओवादी नेताहरु बैठकस्थल छाडेर हिडेका हुन् ।
दोस्रो संबिधानसभा चुनाव लगत्तै तीन दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, चुनावमा भएको 'धाँधली' बारे छानबिनको लागि संसदीय समिति गठन, उच्चस्तरीय राजनीति सहमति गठनलगायत बिषयमा सहमति भएको थियो ।उच्चस्तरीय राजनीतिक समितिले समानान्तर सरकारको अभ्यास हुने र सरकारको काममा हस्तक्षेप हुनसक्ने भन्दै सत्तारुढ दल कांग्रेस र एमाले समिति गठनको विपक्षमा उभिएका हुन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें