शनिवार, 2 जुलाई 2016

अबिरल बर्षाका कारण रिडि हेल्थ सेन्टर को पर्खाल भत्कियो।

रूरू नेटवर्क रिडी,आषाढ१८। दुई दिन देखिको अबिरल बर्षाका कारण रिडि हेल्थ सेन्टरको सुरक्षाका लागि लगाइएको मेशिनरी पर्खाल आज भत्किएको छ। निर्माणको केही महिना मात्र बितेको यो पर्खाल निकै कम्जोर ढाँचा तथा गुणस्तरमा बनाइएका कारन दुई दिनको सामन्य बर्षामा पल्टिएको हो। केही दिन अघि नै यो पर्खाल ढल्की सकेको थियो। धराप जस्तै बनेको यो पर्खाल ढल्दा कुनै मानबिय क्षति भने गरेन। यति चादै यो पर्खाल भत्किनु लाई ठेकेदारको लापरबाही मानिएको छ।

कोई टिप्पणी नहीं: