मोरङ, जेठ २२ । धिमाल जातिय विकास केन्द्रले यस वर्ष “धिमाल युवा प्रतिभा पुरस्कार २०७३” बाट फुटबलर रजिन धिमाललाई सम्मान गर्ने भएको छ ।
धिमाल जातिय विकास केन्द्रका अध्यक्ष नगेन्द्रबहादुर धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको शुक्रबार बसेको बैठकले फुटबलर धिमाललाई सम्मान गर्ने निर्णय भएको हो ।
मोरङ उर्लाबारीका २५ वर्षिय फुटबलर धिमाल थ्रि स्टार क्लबबाट व्यवसायीक फुटबल खेलीरहेका छन । रजिन राष्ट्रिय टोलीबाट समेत विभिन्न मुलुकमा खेली सकेका छन् । उर्लाबारी, मोरङ स्थित राधिका उच्च माध्यमिक विद्यालयले सन् २००९ मा कोका कोला कप, अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगीता जित्दा उनी त्यस टिमको महत्वपुर्ण खेलाडी थिए ।
त्यस पछि उर्लाबारी फुटबल क्लब, मोरङ ११ हुदैं न्युरोड क्बल एनआरटीबाट ए डिभिजन फुटबलमा उनले डेब्यु गरेका थिए । एक सिजन मचिन्द्र फुटबल क्बलबाट समेत खेलेका उनी हाल थ्रि स्टारमा आबद्ध छन् ।
मचिन्द्रमा रहदाँ सन् २०१३ मा उनले २३ वर्ष मुनीको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइ एसियन गेम खेलेका थिए ।
त्यस्तै २०१४ मा सिनियर राष्ट्रिय टोलीमा समेत छनौट भए । साफ, नेहरु कप र विभिन्न मुलुकसँगको मैत्रीपुर्ण लगायतको प्रतियोगिता खेलेका छन् । धिमाललाई नगद, प्रमाण पत्र र आल्गी धावा ओडाएर असार २ गते धिमालहरुको साँस्कृतिक पर्व जात्रि समापनको अवसरमा सम्मान गरिने धिमाल जातिय केन्द्रका महासचिव केदार धिमालले बताए ।
धिमाल जातिय विकास केन्द्रका अध्यक्ष नगेन्द्रबहादुर धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको शुक्रबार बसेको बैठकले फुटबलर धिमाललाई सम्मान गर्ने निर्णय भएको हो ।मोरङ उर्लाबारीका २५ वर्षिय फुटबलर धिमाल थ्रि स्टार क्लबबाट व्यवसायीक फुटबल खेलीरहेका छन । रजिन राष्ट्रिय टोलीबाट समेत विभिन्न मुलुकमा खेली सकेका छन् । उर्लाबारी, मोरङ स्थित राधिका उच्च माध्यमिक विद्यालयले सन् २००९ मा कोका कोला कप, अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगीता जित्दा उनी त्यस टिमको महत्वपुर्ण खेलाडी थिए ।
त्यस पछि उर्लाबारी फुटबल क्लब, मोरङ ११ हुदैं न्युरोड क्बल एनआरटीबाट ए डिभिजन फुटबलमा उनले डेब्यु गरेका थिए । एक सिजन मचिन्द्र फुटबल क्बलबाट समेत खेलेका उनी हाल थ्रि स्टारमा आबद्ध छन् ।
मचिन्द्रमा रहदाँ सन् २०१३ मा उनले २३ वर्ष मुनीको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइ एसियन गेम खेलेका थिए ।
त्यस्तै २०१४ मा सिनियर राष्ट्रिय टोलीमा समेत छनौट भए । साफ, नेहरु कप र विभिन्न मुलुकसँगको मैत्रीपुर्ण लगायतको प्रतियोगिता खेलेका छन् । धिमाललाई नगद, प्रमाण पत्र र आल्गी धावा ओडाएर असार २ गते धिमालहरुको साँस्कृतिक पर्व जात्रि समापनको अवसरमा सम्मान गरिने धिमाल जातिय केन्द्रका महासचिव केदार धिमालले बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें