१९ जेठ, काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज हुँदै छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनमा दलगत युनियनहरु चुनावि प्रतिश्पर्धामा छन् । सरकारले आज निजामती कर्मचारीका लागि सार्वजनिक विदा दिएको छ ।

कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३ सय २९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन , नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
निर्वाचनमा व्यक्तिभन्दा पनि संगठनले भाग लिने व्यवस्था गरिएको छ । निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो बढी मत ल्याउने संगठनले महासचिव , तेस्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ । केन्द्रका हकमा १६ जना सदस्य हुने व्यवस्था गरिएकोमा १० प्रतिशतभन्दा बढी मत ल्याउने संगठनमा भाग लगाएर सदस्यहरुको बाँडफाँट गरिनेछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें