शनिवार, 28 मई 2016

अर्थमन्त्री पौडेलको गृहजिल्लामा १२ प्लान !

१५ जेठ, बुटवल । सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३\०७४ को बजेट भाषण गर्ने क्रममा रुपन्देहीलार्इ राम्रोसँग समेटेका छन् । बजेटमा अर्थमन्त्रीको चुनावी जिल्ला रुपन्देहीलार्इ गतिलो गरी समेटिएको छ ।
bishnu-poudelमन्त्री पौडेलले बजेटमा गृह जिल्ला रुपन्देहीका लागि सुनाएका बुदाँ यस्ता छन् :  
१. सिद्धबाबामा सुरुङ् मार्ग बनाउने कामलार्इ निरन्तरताका लागि बजेट बिनियोजन ।
२. बुटवलमा अन्तराष्ट्रिय सभा हल दर्इ बर्षभित्र बनाइने ।
३. मोतिपुरमा आधुनिक औद्योगिक क्षेत्र बनाउने कामलार्इ निरन्तरता ।
४. कालीगण्डकी-तिनाउ डाइभर्सनका लागि बजेट सहित बिस्तृत परियोजना प्रतिवेदन बनाउने काम अघि बढाउने ।
५. बुटवल-तानसेन-पोखरा सडक ब्यबस्थित बनाइने ।
६. बुटवल-भैरहवा मिलाएर महानगरपालिका बनाउने । 
७. बुटवलमा आगामी आबमा मेडिकल कलेज बनाउने ।
८.लुम्बिनीमा ५ हजार मानिस अट्ने सभा भवन बनाइनेछ ।
९.भैरहवामा ३ बर्षमा  क्षेत्रियस्तरको नयाँ क्रिकेट मैदान बनाइने ।
१०. बुटवलमा युएसटी दुग्ध प्रशोधन केन्द्र बन्ने ।
११.लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम २ वर्ष भित्र पूरा गर्ने ।
१२. भैरहवामा ७४ माघबाट विमानस्थल सञ्चालनमा ल्याइने गरी ७ अर्ब २२ करोड विनियोजन ।

कोई टिप्पणी नहीं: