शुक्रवार, 8 अप्रैल 2016

कपिलबस्तुमा भीषण आगलागी, १२५ घर जले

Agolagiसनिउल्ला धोवी २६ चैत, कपिलबस्तु । जिल्लाको कुसहवा ४ मा भीषण आगलागी भएको छ । अहिलेसम्म १२५ भन्दा बढी घर जलिसकेका छन् भने अझै आगो नियन्त्रणमा आएको छैन । आगलागीमा परेर एक बृद्ध घाइते भएका छन् । घाइते हुनेमा ७० वर्षका लटेही रैदास छन् ।
लोध चमार र बुधही मुराउको घरबाट आगलागी सुरु भएको थियो । खाना पकाउने बेलामा बालेको आगो राम्ररी ननिभाएका कारण आगो लागेको बताइएको छ । तर, तौलिहवा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । 

कोई टिप्पणी नहीं: