रविन भट्टराई २० फागुन, ताप्लेजुङ । पुल निर्माण सुरु भएको ६ वर्ष बित्दा पनि तमोर नदीको पुल निर्माण सकिएको छैन । जिल्लाको दुईबटै निर्वाचन क्षेत्र जोड्ने ताप्लेजुङको दोभानस्थित तमोर नदीको मोटरेवल पुल (ट्रष्ट ब्रिज) निर्माण सुरु भएको छ वर्षमा पनि नसकिएको हो ।
आर्थिक वर्ष २०६५/०६६ मा ठेक्का आहृवानपछि सम्झौता भए अनुसार २०७२ साल असोज महिनामा सकाउनुपर्ने भएपनि ठेकेदार र पुल निर्माणका लागि चाहिने सामान उत्पादक कम्पनीको लापरवाहीका कारण सम्झौता अनुसार समयमानै निर्माण सम्पन्न नभएको हो । पुल निर्माण जिम्मा पाएका कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रालिले पुल निर्माणका लागि चाहिने सामान हुलास कंपनीले उत्पादन गर्न उदासीनता देखाएको र भारतीय नाकाबन्दीका कारण पुल निर्माण कार्य सम्पन्न हुन नसकेको भन्दै पन्छने गरेका छन् ।
सम्झौता भएको छ वर्षमा पनि पुल निर्माणल समापन हुन नसक्दा जिल्लाको निघुरादिन, फुलबारी, हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङलाबु, सान्थाक्रा, खोक्लिङ, लिबाङ, साँबा, खाम्लुङ, लिङ्तेप, थूकिमा, नाल्बु, पापुङ, लगायतका दुई दर्जन वढी गाविसहरुमा अन्य विकास निर्माणका काम हुन सकेको छैन ।
यता, पुल निर्माणमा सरोकार राख्ने उत्तर-दक्षिण ओलाङचुुङ्गोला लोकमार्ग आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर कुबेर नेपालीका अनुसार पुल निर्माणा ठेकेदार तथा क्षेत्रीय सडक निर्देशक सहितका पदाधिकारीबीच आउँदो नयाँ वर्ष अगावै सक्ने सहमति भएको छ । चैत २० गते सम्ममा पुल निर्माणका सम्पुर्ण कार्य सम्पन्न गर्ने दुबै पक्षबीच सहमति भएको नेपालीले बताए ।
सहमति पत्रमा पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशक शिवहरि सापकोटा, उत्तर दक्षिण आयोवजना प्रमुख नेपाली, कन्काई, मैनाचुली, याक्थुमहाङ जेभी कम्पनीका लिड पार्टनर रामप्रसाद मैनाली, हुलास इञ्जिनियर कन्ट्रसनका निर्देशक शरद गोल्छा र इञ्जिनियर उद्धव राना मगरले हस्ताक्षर गरेका छन् । सहमतिपछि काम सुरु भएपनि त्यसले गति लिन सकिरहेकाे छैन ।
यता, सम्झौता अनुसार काम सम्पन्न गर्नलाई आधुनिक उपकरण क्रेन ल्याएर पुल जोड्नुपर्ने हुन्छ, अन्यथा द्रुत गतिमा काम अगाडि बढाईए पनि अझै दुई महिना भन्दा अगाबै सकिने अवस्था नरहेको सम्बन्धित आयोजनाकै कर्मचारीको भनाई छ ।
ताप्लेजुङको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद डम्बरध्वोज तुम्बाहाम्फे लगायतका प्रतिनिधीले पुल निमार्ण कार्य चाँडो अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी समेतलाई ज्ञापन पत्र बुझाएका थिए ।
एकवर्ष अघि नै निमार्ण कार्य पूरा भइसक्नुपर्ने यो पुल को निमार्ण कार्य रोकिएपछि स्थानीय चिन्तितहुँदै आएका थिए । यो पुुलको निमार्ण कार्य पूरा भएपछि पूर्वका पहाडी जिल्ला हुँदै तराई जोड्ने मार्गको अवरोध समेत हट्ने देखिएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें