गुरुवार, 31 मार्च 2016

पूर्व अर्थमन्त्री महत लडेर घाइते, ग्राण्डी अस्पतालमा भर्ना

१८ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महत आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएका छन् । उनी ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको महतको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घरको भर्‍याङमा लडेपछि महतलाई बिहीबार अपरान्ह अस्पताल लगिएको थियो । डा. महतको उपचारमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे नेतृत्वको टोली खटिएको छ । 

कोई टिप्पणी नहीं: