पोखरा, २८ माघ । मगर चलचित्रकी नायिका योरुना पुन नेहाका आफन्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आशंका गरेका छन् । पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलत्कार पछि हत्या भएको बताएका छन् ।
नेहाका मामा यमप्रसाद थजाली पुनले लाश अर्धनग्न अवस्थामा फेला परेकाले नेहाको बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै छानविनको माग गरेका छन् । उनले घटनाको पूर्ण रुपमा छानविन गरी दोषीलाई कडा कार्वाही गर्न समेत माग गरे ।
हिजो गरिएको पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनाको पूर्ण रुपमा छानविन नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए । समाजले नेहाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, घटनाको सूक्ष्म तबरले छानविन गर्नुपर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नुपर्ने, घटनास्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परीक्षण गर्नुपर्ने लगायतका माग राखेका छन् ।
समाजको नेतृत्वमा बिहीबार शान्तिपूर्ण दबाबमूलक र्याली पनि निकाल्ने भएको छ । र्याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, लखनचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिए ।
कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई पक्राउ गरेको हो । नेहाको १८ गते पोखरा–१५ नयाँगाउँमा उनकै घरनजिक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
नेहाले सह–नायिकाका रूपमा अभिनय गरेको मगर भाषाको चलचित्र ‘गाउला’ (गोठालो) दर्शकमाझ आइसकेको छ भने उनको मुख्य भूमिका रहेको अर्को मगर भाषाको चलचित्र ‘यूँपा’ भने अझै रिलिज भइसकेको छैन । नेहाले १० कक्षामा अध्ययनरत छँदा नै यी दुई मगर चलचित्रमा अभिनय गरेकी थिइन् ।
नेहाका मामा यमप्रसाद थजाली पुनले लाश अर्धनग्न अवस्थामा फेला परेकाले नेहाको बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै छानविनको माग गरेका छन् । उनले घटनाको पूर्ण रुपमा छानविन गरी दोषीलाई कडा कार्वाही गर्न समेत माग गरे ।हिजो गरिएको पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनाको पूर्ण रुपमा छानविन नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए । समाजले नेहाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, घटनाको सूक्ष्म तबरले छानविन गर्नुपर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नुपर्ने, घटनास्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परीक्षण गर्नुपर्ने लगायतका माग राखेका छन् ।
समाजको नेतृत्वमा बिहीबार शान्तिपूर्ण दबाबमूलक र्याली पनि निकाल्ने भएको छ । र्याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, लखनचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिए ।
कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई पक्राउ गरेको हो । नेहाको १८ गते पोखरा–१५ नयाँगाउँमा उनकै घरनजिक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
नेहाले सह–नायिकाका रूपमा अभिनय गरेको मगर भाषाको चलचित्र ‘गाउला’ (गोठालो) दर्शकमाझ आइसकेको छ भने उनको मुख्य भूमिका रहेको अर्को मगर भाषाको चलचित्र ‘यूँपा’ भने अझै रिलिज भइसकेको छैन । नेहाले १० कक्षामा अध्ययनरत छँदा नै यी दुई मगर चलचित्रमा अभिनय गरेकी थिइन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें