सलमान खान २९ पुस, भैरहवा । रुपन्देहीमा पेस्तोल देखाएर रकम लुट्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । करिब डेढ महिनाको लामो अनुसन्धान र खोजतलास पछि रुपन्देही प्रहरीले गिरोहलाई पक्राउ गरेको हो । गत मंसिर ११ गते रुपन्देहीको सिद्धार्थनगर नपा १३ मा रहेको डिप्रोक्स लघुवित विकास बैंकको कर्मचारी बासुदेव भट्राईले बैंकको विभिन्न गाउँ रहेको समुहबाट १ लाख ६२ हजार १ सय रुपैयाँ संकलन गरेर बैंक फर्किने क्रममा रुपन्देहीको गोनाहा ९ स्थिती समेरहनामा लुटेरा गिरोहले भट्राईको लु २१ प ५९६० नम्बर प्लेटको मोटरसाइकल रोकेर कन्चटमा पेस्तोल राखी ज्यान मार्ने धम्की दिएर उक्त रकम, मोटरसाइकल र दुई थान मोबाइल गरी कुल ४ लाख ३ हजार बराबरको धनमाल लुटेर लगेका थिए ।घटना पश्चात जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा घटनाको विषयमा उजुरी परेपछि रुपन्देहीले तिव्र अनुसन्धान र लुटेराको खोजतलास सुरु गरेको थियो । लुटेराको खोजतलासको क्रममा लुटपाटकामा प्रमुख भुमिका निभाउने रुपन्देही कम्हरीया ६ का २२ वषर्ीय रुपेश बनिया नै पक्राउ परेपछि क्रमस विभिन्न समयमा लुटपाटमा संग्लन अन्य उनको ३ जना सहयोगी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ । पक्राउ पर्नेहरुमा घटनामा प्रमुख भुमिका निभाउने बनिया, पीडित भट्राईको पिछा गरेर खबर गर्ने र चोरीको धनमाल बाडी खाने रुपन्देही गंगोलियका ८ का पप्पु भन्ने ओम प्रकाश पाल गडेरिया, पेस्तोल देखाई धम्की दिने र लुटेको मोटरसाइकल चलाएर लग्ने रुपन्देही हाटीबनगाई ६ का पवन कुमार राजभर र अभियुक्तलाई हतियार उपलब्ध गराएर आफ्नो भाग बापत लुटेको मोटरसाइकल लिने रुपन्देही सिद्धार्थनगर नपा १३ का राजकुमार हरिजन रहेका छन् । तर अनुसन्धानले घटनामा थप एक व्यक्ति संग्लन रहेको देखिएको कारण त्यस व्यक्तिको खोजतलास जारी रहेको रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गले बताए । उनका अनुसार पक्राउ परेका राजभरले विगतका केही अपराधिक घटनाको अनुसन्धान प्रहरीलाई सहयोग समेत गरेको पाइएको छ । लुटेराहरुले घटनामा प्रयोग भएको लु १३ प ४१५० र लु ३ प ४५०५ नम्बर प्लेटको २ वटा मोटरसाइकल र १६ हजार मुल्य बराबरको २ थान मोबाइल समेत बरामद भएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए । लुटेराहरुले लुटेको रकम खर्च गरिसकेको र मोटरसाइकल सिमावर्ती भारतीय बजार नौतनवामा आफन्तको घरमा राखेको अनुसन्धान खुलेको कारण मोटरसाइकल केही दिनमा आउन सक्ने उनले बताए । उनले पक्राउ परेका माथि डाका चोरी अपराध गरेको अन्र्तगत जिल्ला अदालतमा मुद्दा दायर गरी थप अनुसन्धान जारी रहेको बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें