शनिवार, 2 जनवरी 2016

जनसरकार ब्युँताउँदै विप्लव

Biplap-1१८ पुस, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले शान्तिप्रक्रिया थालनीसँगै तत्कालीन नेकपा माओवादीले विघटन गरेको जनसरकार ब्युँताउन थालेको छ । सशस्त्र द्वन्द्वका बेला समानान्तर सरकारका रुपमा तत्कालीन माओवादीले जनसरकार गठन गरेकै शैलीमा चन्द नेतृत्वको माओवादीले जनपरिषद नाम दिएर जनसरकार ब्युँताउन थालेको अन्नपूर्ण पोस्टमा खबर छ । राजधानीमा भेला गरेर केन्द्रीय जनपरिषद घोषणा गरेपछि जिल्ला र राज्य तहमा समेत जनपरिषद नाम दिएर समानान्तर सउरकार गठन गर्न थालेको माओवादी स्रोतले जनाएको छ । 

कोई टिप्पणी नहीं: