पुस ३० । थारु युवा स्वयंसेवक दस्ताले युवा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार हिजो दाङको त्रिपुरा नगरपालिकामा थारु युवाहरुले रातो फेटासहित शक्ति प्रदर्शन गरेका हुन् । उनीहरुले त्रिपुरा नगरपालिकामा मार्च पास गरेका थिए । मार्स पासपछि कोणसभा गरेर कार्यक्रम समापन गरिएको थियो । थारु आन्दोलनलाई प्रभावकारी बनाउन युवा शक्ति प्रदर्शन गर्नुपरेको थारु युवा स्वयंसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले बताए ।
उनका अनुसार पाँच जिल्लामा मार्च पास गर्ने तयारी गरे पनि प्राविधिक कारणबस अन्य जिल्लाको कार्यक्रम पछिका लागि सारिएको बताए ।
‘थारु आन्दोलनलाई थप ऊर्जा प्रदान गर्न र युवाहरुको सक्रियता बढाउन थारु युवाहरुको स्वयंसेवक दस्ता बनेको हो । हाम्रो आन्दोलन अझै पनि जारी छ । हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ । यसकै निम्ति युवाहरुको मार्च पास गराएका हौं,’ महावीर चौधरीले भने ।उनले सरकारसँग तत्काल थारुका माग पूरा गर्न आग्रह गरेका थिए ।
‘थारुवान डट कम‘ बाट ।







उनका अनुसार पाँच जिल्लामा मार्च पास गर्ने तयारी गरे पनि प्राविधिक कारणबस अन्य जिल्लाको कार्यक्रम पछिका लागि सारिएको बताए ।‘थारु आन्दोलनलाई थप ऊर्जा प्रदान गर्न र युवाहरुको सक्रियता बढाउन थारु युवाहरुको स्वयंसेवक दस्ता बनेको हो । हाम्रो आन्दोलन अझै पनि जारी छ । हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ । यसकै निम्ति युवाहरुको मार्च पास गराएका हौं,’ महावीर चौधरीले भने ।उनले सरकारसँग तत्काल थारुका माग पूरा गर्न आग्रह गरेका थिए ।
‘थारुवान डट कम‘ बाट ।







कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें