शुक्रवार, 1 जनवरी 2016

नयाँ वर्षमा जनतालाई दिने नयाँ कुरा के छ सरकार ?

नयाँ वर्षमा जनतालाई दिने नयाँ कुरा के छ सरकार ?लोकनारायण सुवेदी पुस १७ - हुन त यस्ता नयाँ वर्षहरु आउँछन् जान्छन् । वर्षैपिच्छे । यस प्रकार नव वर्षको यथार्थ के हो भन्ने कुरा नवुझी केवल औपचारिकता पूरा गरेर यो समाप्त हुन्छ । यही क्रम पुनः दोहोरयाउने गरिन्छ । नयाँ वर्षमा अन्तर निहीत भावनाको गहिरो र गम्भीर अध्यन, चिन्तन, मनन र अनुगमन केही हुँदैन । अहिलेसम्मका हाम्रो इतिहास कालखण्डहरु यसरी वित्दै गएका छन् । नव वर्ष केवल नयाँ समयको पर्व मात्र होइन । यो जीजीविषा, सामूहिकता, वैभव, समृद्धिको कामना, संकल्प, नूतनताको उन्मेषको प्रकटीकरण पनि हो । विषादको छायाँको बिरुद्ध नवीताको उद्घोष पनि हो ।


वास्तवमा विगत वर्षले हामीबाट हाम्रो आकलन र मूल्यांकन चाहन्छ । नयाँ वर्ष उज्यालो बिम्बको रंगीन माछाजस्तै हाम्रो मनको संरचनामा छचल्किन्छ । नव वर्षको पक्ष आवश्यकरुपले विगत वर्षको अघिल्लो चरण हो । यो मिठो, अमिलो, तीतो, पीरो, टर्रो आदि विभिन्न स्वादहरुबाट संपृक्त छ ।
यहाँ परिवर्तको वृहत अर्थको कुरा गरिदैछ । त्यो अर्थ हो– सरोकारवालाहरुको दृष्टिवोध बदलिनु, व्यवस्थासँग मोहभंग, सडेगलेका पक्षहरुमाथि प्रहार, नश्ल, वर्ण, भाषा, क्षेत्रका अतिचारबाट मुक्ति ।
नयाँ वर्षले विगत वर्षको सन्धि विन्दूमा हामीलाई धेरै पटक एकान्त चिन्तन मननको सुविधा प्रदान गर्दछ । नव वर्षले हामीलाई भविष्यका दृष्यहरुसँग परिचय गराउनतिर लैजान्छ । हाम्रो दृष्टिमा संसार उसै पनि युग्महरुबाट सिर्जित छ ः पुरानो या नयाँ, परम्परा या आधुनिकता, स्थिर या जंगम आदि इत्यादिबाट ।
नयाँ समयको अर्थ आत्माको रंगमा नयाँ सिर्जनाको संकल्पको रुपमा जोडिएको हुन्छ । दुःख, विषाद अभाव, वेरोजगारीको वज्र र संकट यी सवै कुरा हुँदाहुदै पनि नव वर्षले हामीलाई नयाँ दुष्चक्रलाई भेदन गर्नतिर आलोकित गराउँदछ र यसका लागि उष्मा तथा ऊर्जा दिन्छ । अनि यही नै वास्तवमा यसको महिमा गानको अर्थ पनि हो ।
यो सही कुरा नै हो कि काल अनन्त र प्रवाहमान हुन्छ । त्यसैको कुनै खण्डमा हामी वाँचेका हुन्छौ । हाम्रा स्मृतिहरु र आकांक्षाहरु समय सापेक्ष हुन्छन् र कतिपय समयलाई अतिक्रमित गर्ने खालका कालभेदी पनि । जुन आकांक्षाहरु सावधिक हुन्छन् तिनको आफ्नो सीमा पनि अबश्य हुन्छ । मानिसले भने प्रायः सधैंजसो ती सीमाहरु तोडने गर्दछ र तोडिरहेको हुन्छ ।
मानिस ससीमबाट असीमतिर बढ्ने गर्दछ । यही नै मानिसको व्यक्तित्वको घनत्व पनि हो । मानिस व्यष्टिबाट समष्टितिर वढ्छ । ऊ नीजताकासाथसाथै समूहवद्ध पनि हुन्छ । आज विश्वमा भएका विभिन्न परिवर्तनहरु यही समूहवद्ध र समूहवाची हुनुका परिणाम नै हुन् । यसको यो अर्थ कदापि होइन कि व्यक्तित्वको आन्तरिकताको महत्व कम भएको छ । बरु यसको विपरीत आजको वढ्दो होहल्ला र आक्रामकताको माहोलमा नीजताको प्रतिष्ठाको अर्थवत्ता अझ बढ्न गएको छ ।
राजनीतिलाई जालझेल, तिकडमवाजी र षडयन्त्रको शिकार बनाइएपछि त्यस बाहेक अन्यथा आशा र अपेक्षा गर्नु पनि आफूलाई वञ्चनाको बाटोमा धेकेल्नु हो भन्ने कुरा नेपाली जनताले कहिलेसम्ममा बुझ्ने हुन् यो गम्भीर प्रश्न आज हाम्रो अगाडि उपस्थित छ ।
नव वर्षमा परिवर्तनको कामनाका साथै व्यक्तित्वको नीजताको पनि एकै साथ सम्वल प्राप्त हुने अभिष्ठ छँदैछ । आज व्यक्तित्व विलोपित भइरहेको छ । अर्थात् व्यक्तित्वहीन व्यक्तित्व । साहित्य, कलाहरु नवाचार आन्दोलन आदिले आज व्यक्तित्वहीनताका यी नै आवरणलाई उतारिरहेका छन् मूर्त या अमूर्त दुवैरुपमा ।
यो निश्चित हो कि एक वर्षको प्रतिक्षा पछि नव वर्ष आउने गर्दछ । यो धीरज स्मृतिहरुमा सम्पूजित हुने गर्दछ । विगतको प्रत्येक क्षण गन्ध र प्रकाश जस्तै या कहिलेकाही अन्धकार जस्तै हाम्रो मनमा अस्तित्वको हिस्साकोरुपमा परावृत्त भइरहन्छ । जुन राम्रो छ त्यो स्फटिक जस्तै हुन्छ । यस दृष्टिले हाम्रा अनु भावहरुमा ती प्राप्त हुन्छन् र समकाकलीनताको दृष्यांकन गर्ने गर्दछन् ।
हाम्रो लोक समाजमा भूत, भविष्यको लेखाजोखा एउटा आवेग जस्तो हुन्छ जसमा अनगढता र आदिम उष्मा रहेको हुन्छ । हामी त्यसैले आफ्नो ज्योति पुञ्जकोरुपमा नव वर्षलाई लिन्छौ जसले हामीलाई आलोकित गरोस् । प्रस्तुत वर्ष वास्तवमा परिवर्तनको वर्ष हुन्छ । प्रत्येक क्षणले पनि उसो त परिवर्तन नै ल्याइरहेको हुन्छ ।
तर यहाँ परिवर्तको वृहत अर्थको कुरा गरिदैछ । त्यो अर्थ हो– सरोकारवालाहरुको दृष्टिवोध बदलिनु, व्यवस्थासँग मोहभंग, सडेगलेका पक्षहरुमाथि प्रहार, नश्ल, वर्ण, भाषा, क्षेत्रका अतिचारबाट मुक्ति । अब यो कुरा चल्दैन कि एउटा शिविरमा वच्चाहरु दिनहुँ मरिरहेका छन् अनि अर्कोतिर स्तरहीन कार्यक्रममाथि दृष्टिपात भइरहन्छ । अब त के हेरिन्छ र हेरिनु पर्दछ भने कृतिको कुन चाँही खिण्डन या विश्लेषण अथवा उप पाठहरुको खोजी राजनीतिकरुपमा सही या गलत छ ।
यो पनि यथार्थ हो कि नयाँ साँस्कृतिक चेतनाले हेर्दा नव वर्षको आरम्भ नै अभिष्ठ हो । यो देश, समाज आदिमा नयाँ परिवर्तनको नयाँ व्यवस्थागत वहस र परिवर्तन ल्याउने कामना पनि हो । आज इमानदारी र सादापनाको अत्यन्तै आवश्यकता छ । तर अब त यसको पनि ‘प्याकेजिङ्ग’ र ‘सेटिङ’ हुन थालेको छ । यस प्रवृत्तिलाई राजनीतिमा पनि नराम्रोसँग उपयोग गरिन थालिएको छ । इमानदारीको ‘उपयोग’ गर्ने र त्यसलाई लिएर ‘जिउने’ वीचको भिन्नतालाई नव वर्षको आधार वनाइनु आवश्यक छ । ‘हुने’ र ‘प्रचारित’ गर्ने विचको क्षीण रेखालाई देख्नु पर्दछ ।
व्यक्तिको अभ्यन्तर तथा समूहको संघर्षमा हामीले नव वर्षलाई नयाँ आभाको रुपमा वदल्न सक्तछौं । यसलाई संकल्पको अबसर, प्रसन्नता,एकजुटता, समानता, परिवर्तन, नवाचारको प्रतीकका रुपमा लिन सक्तछौं ।
केवल ‘क्यालेन्डर’ अथवा ‘पात्रो’को मिति वद्लिनु मात्र नव वर्ष होइन । १२ महिना बितेर जानु नै बितेको वर्षको विदाई होइन भने नया संम्भावना, नयाँ दृष्टि, संघर्ष र लालित्यको प्रवेश नै नव वर्ष हो । यस परिपे्रक्ष र वितेका वर्षहरुको अनुभवलाई सर्सरी मात्र हेरियो भने पनि कही कतै मन अड्याउने र चित्र बुझाउने ठाउँ देखा पर्र्दैन ।
यो स्थितिलाई चिरेर अब घोषित संविधानका गम्भीर त्रुटीहरुलाई दृढताकासाथ सच्याएर सम्पूर्ण नेपाली जनताको स्वामित्व, अपनत्व र सरोकारको साझा विषय वस्तु वनाएर अघि बढ्ने तत्परता, साहस, संकल्प र त्यसलाई सकाररुप दिने तयारीको रुपरेखा जुन आउनु पर्ने हो त्य कतैबाट आएको छैन । यसले गर्दा यो अन्तर्राष्ट्रिय नव वर्ष २०१६ ले पनि सही निकास देला के भनेर प्रश्न उठाउनुपर्ने स्थिति छ । ढुक्क र निश्चिन्त हुने आधार वनेको छैन ।
राजनीतिलाई जालझेल, तिकडमवाजी र षडयन्त्रको शिकार बनाइएपछि त्यस बाहेक अन्यथा आशा र अपेक्षा गर्नु पनि आफूलाई वञ्चनाको बाटोमा धेकेल्नु हो भन्ने कुरा नेपाली जनताले कहिलेसम्ममा बुझ्ने हुन् यो गम्भीर प्रश्न आज हाम्रो अगाडि उपस्थित छ । यसको सही उत्तर नआएसम्म राष्ट्रिय राजनीति सच्चिएर स्वतःस्पूmर्तरुपमा अघि वढ्ला भन्ने टपर्टुयाँवादलाई मात्र स्वीकार्न हामी अभिशप्त हुनेछौं ।
अन्तर्राष्ट्रिय नव वर्ष २०१६ले आफ्नो आरम्भिक कालदेखि नै यस दुष्कर स्थितिलाई वदल्ने प्रेरणा, साहस र राजनीतिक इच्छाशक्ति सम्वद्ध सवैमा प्रदान गरोस् । सम्पूर्ण नेपाली जनसमुदाय लगायत विश्व जन गणलाई यही हार्दिक शुभकामना छ !

कोई टिप्पणी नहीं: