शनिवार, 5 दिसंबर 2015

कौडीको भाउमा पनि बिकेन धान

Dhan१९ मंसिर, वीरगन्ज । ‘यसपालि धानको भाउको त कुरै नगर्नुस्’, पर्सा हरिहरपुरका किसान प्रमोद चौरसियाले भने, ‘कौडीको भाउमा बेच्छु भन्दा पनि किनिदिने कोही छैन।’ बिरन्चिबर्वाका किसान अनुप तिवारीको दुःखेसो पनि उस्तै छ।’खडेरीले पोहोरभन्दा धेरै कम धान फल्यो। भाउ नहुँदा लागेको खर्च पनि उठ्ने अवस्था छैन।’   मधेस आन्दोलनका कारण पर्सा र बाराका अधिकांश चामल उद्योग तीन महिनादेखि बन्द छन् । उद्योगको उत्पादन बन्द भएपछि उद्योगीले धान खरिद गर्न छाडेका छन् । उद्योगले धान नकिनेपछि ग्रामीण क्षेत्रका ‘बनियाँ’ (धानगहुँ खरिद गर्ने व्यापारी) ले किसानसँग धान नकिनेको अन्नपूर्ण पोस्टमा खबर छ । ‘बनियाँ’ (गल्ला व्यपारी) ले सोना मन्सुली धान प्रतिक्विन्टल १२ देखि १४ सय रुपैयाँमा खरिद गर्ने गरेको किसानहरू बताउँछन्।
पोहोर साल सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार रुपैयाँभन्दा बढीको भाउमा बेचेका बिजबनियाका किसान अभय यादवले भने, ‘यसपालि त १५ सयमा दिन्छु भन्दा पनि व्यपारीले किन्नै मान्दैनन्।’ उनले घरको गर्जो टार्न १२ सयका दरले दुई क्विन्टल धान बेचेको बताए।’बन्दहडतालले ढुवानी रोकिँदा पहिले नै कुटाएर राखेका चामलले गोदाम भरिभराउ छन्’, न्यु ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले भने, ‘मिल तीन महिनाभन्दा लामो समयदेखि बन्द छ । यस्तो अवस्थामा धान किनेर पुँजी फसाउनु छैन।’ कलवारका अनुसार एक साताअघि आफूलगायत उद्योगीले किसानको धान किन्न थालेका थिए तर मधेसी दलका कार्यकर्ताले उद्योगमै आएर धम्क्याए । त्यसपछि धान खरिद गर्न छाडेको उनले जानकारी दिए। 

कोई टिप्पणी नहीं: