भक्तपुर, १३ पुस । भूकम्पले विद्यालय भवन भत्काएर मान्द्रोले बेरेको अस्थायी टहरामा पढ्दै आएका भूकम्पपीडित विद्यालयका विद्यार्थी अत्यधिक जाडोका कारण बिरामी पर्न थालेका छन् ।
मान्द्रोले बेरेर जस्ताको छानो भएको अस्थायी सिकाइ केन्द्रमा बसेर बिहान र दिउँसो अध्ययन गर्ने विद्यार्थी जाडोले कठाङ्ग्रिदै पढ्न बाध्य भएपछि बिरामी पर्न थालेका हुन् । बढ्दो जाडोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि भूकम्पपीडित विद्यालयमा पढाइ पनि प्रभावित भएको छ । जिल्लाको पहिलो र देशकै चौँथो विद्यालयको रुपमा रहेको भक्तपुरको दरबार क्षेत्र श्री पद्म उच्च माध्यामिक विद्यालयका प्राचार्य राम हाडाले अस्थायी सिकाइ केन्द्र अर्थात ‘टिएलसी’मा विद्यार्थीले निकै सकसपूर्ण रुपमा पढ्न बाध्य भएको बताए ।
सन् २००४ मा स्थापना भई १९०० विद्यार्थी अध्यनरत यस विद्यालयको राणाकालीन शैलीमा बनेको मूल भवन नै भूकम्पले पूर्णरुपमा भत्काएपछि विद्यार्थी टिएससीमा बसेर अध्ययन गर्न बाध्य छन् ।
प्राचार्य हाडा भन्छन्—‘टिएलसीमा विद्यार्थी कठाङ्ग्रिएर पढ्न बाध्य छन्, विद्यार्थी बिरामी पर्न थालेकाले विद्यार्थी कक्षामा नियमित नहुनाले पढाई प्रभावित हुनथाल्यो, सरकारले भूकम्प प्रभावित विद्यालय छिटो पुनःनिर्माणको व्यवस्था गरिदिनुपर्छ ।’
उनले भने—‘टिएलसीमा अति जाडो भएर पढ्नै नसक्ने अवस्था छ, जाडोले विद्यार्थीको पढाइ निकै प्रभावित बनेको छ ।’ वर्षामा टिएलसीभित्र पानी बसेर हिलाम्मे हुने, गर्मीले बाफिने र अहिले जाडोमा मान्द्रोबाट हावा छिर्ने र जस्ताबाट शीत चुहिने भएपछि विद्यार्थीलाई सकस भएको हो ।
बस्ने ठाउँ नभएपछि विद्यालयले प्रशासनिक काम भने भूकम्पले क्षति पुर्याएर रातो स्टिकर टाँसेको पुरानै भवनमा गर्दैआएको छ । प्राचार्य जोशी भन्छन्—‘विद्यार्थीलाई सुरक्षित राख्न टिएलसीमै राखेका छौ, शिक्षक शिक्षिकालाई रातो स्टिकर टाँसेकै भवनको भुइँतलामा राखेका छौ, प्रशासन र प्राचार्यको काम भने त्यही भवनको माथिल्लो तल्ला मै सञ्चालन गर्दै आएका छौ, बस्ने ठाउँ नभएपछि जोखिम लिएरै बसेका हौँ ।’
यता भूकम्पले पूर्णरुपमा भवन क्षति भएको भक्तपुर नगरपालिकाक्षेत्र कै सारदा उमाविको अवस्था पनि उस्तै नै छ । विद्यालयको सिङ्गो भवन भूकम्पले भग्नावशेषमा परिणत गरे पनि यहाँ पढ्ने विद्यार्थीका लागि टिएलसी एक मात्रै विकल्प बनेको हो ।
सारदा उमाविका प्राचार्य उद्धव सुजखुका अनुसार टिएलसीमा जाडोले पढ्नै नसक्ने भए पनि समस्या आएको बताउँदै नयाँ भवन बनाइदिन दाता आए पनि विश्वसम्पदा क्षेत्रभित्र रहेको भन्दै नयाँ भवन बनाउन नगरपालिकाले स्वीकृति नदिँदा थप समस्या आएको बताए । रासस
मान्द्रोले बेरेर जस्ताको छानो भएको अस्थायी सिकाइ केन्द्रमा बसेर बिहान र दिउँसो अध्ययन गर्ने विद्यार्थी जाडोले कठाङ्ग्रिदै पढ्न बाध्य भएपछि बिरामी पर्न थालेका हुन् । बढ्दो जाडोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि भूकम्पपीडित विद्यालयमा पढाइ पनि प्रभावित भएको छ । जिल्लाको पहिलो र देशकै चौँथो विद्यालयको रुपमा रहेको भक्तपुरको दरबार क्षेत्र श्री पद्म उच्च माध्यामिक विद्यालयका प्राचार्य राम हाडाले अस्थायी सिकाइ केन्द्र अर्थात ‘टिएलसी’मा विद्यार्थीले निकै सकसपूर्ण रुपमा पढ्न बाध्य भएको बताए ।
सन् २००४ मा स्थापना भई १९०० विद्यार्थी अध्यनरत यस विद्यालयको राणाकालीन शैलीमा बनेको मूल भवन नै भूकम्पले पूर्णरुपमा भत्काएपछि विद्यार्थी टिएससीमा बसेर अध्ययन गर्न बाध्य छन् ।
प्राचार्य हाडा भन्छन्—‘टिएलसीमा विद्यार्थी कठाङ्ग्रिएर पढ्न बाध्य छन्, विद्यार्थी बिरामी पर्न थालेकाले विद्यार्थी कक्षामा नियमित नहुनाले पढाई प्रभावित हुनथाल्यो, सरकारले भूकम्प प्रभावित विद्यालय छिटो पुनःनिर्माणको व्यवस्था गरिदिनुपर्छ ।’
‘टिएलसीमा विद्यार्थी कठाङ्ग्रिएर पढ्न बाध्य छन्, विद्यार्थी बिरामी पर्न थालेकाले विद्यार्थी कक्षामा नियमित नहुनाले पढाई प्रभावित हुनथाल्यो, सरकारले भूकम्प प्रभावित विद्यालय छिटो पुनःनिर्माणको व्यवस्था गरिदिनुपर्छ ।’
यता भक्तपुर नगरपालिकाभित्रै रहेको विद्यार्थी निकेतन उच्च माध्यामिक विद्यालयको हालत पनि उस्तै रहेको विद्यालयकी प्राचार्य सिर्जनी जोशीले बताए ।उनले भने—‘टिएलसीमा अति जाडो भएर पढ्नै नसक्ने अवस्था छ, जाडोले विद्यार्थीको पढाइ निकै प्रभावित बनेको छ ।’ वर्षामा टिएलसीभित्र पानी बसेर हिलाम्मे हुने, गर्मीले बाफिने र अहिले जाडोमा मान्द्रोबाट हावा छिर्ने र जस्ताबाट शीत चुहिने भएपछि विद्यार्थीलाई सकस भएको हो ।
बस्ने ठाउँ नभएपछि विद्यालयले प्रशासनिक काम भने भूकम्पले क्षति पुर्याएर रातो स्टिकर टाँसेको पुरानै भवनमा गर्दैआएको छ । प्राचार्य जोशी भन्छन्—‘विद्यार्थीलाई सुरक्षित राख्न टिएलसीमै राखेका छौ, शिक्षक शिक्षिकालाई रातो स्टिकर टाँसेकै भवनको भुइँतलामा राखेका छौ, प्रशासन र प्राचार्यको काम भने त्यही भवनको माथिल्लो तल्ला मै सञ्चालन गर्दै आएका छौ, बस्ने ठाउँ नभएपछि जोखिम लिएरै बसेका हौँ ।’
यता भूकम्पले पूर्णरुपमा भवन क्षति भएको भक्तपुर नगरपालिकाक्षेत्र कै सारदा उमाविको अवस्था पनि उस्तै नै छ । विद्यालयको सिङ्गो भवन भूकम्पले भग्नावशेषमा परिणत गरे पनि यहाँ पढ्ने विद्यार्थीका लागि टिएलसी एक मात्रै विकल्प बनेको हो ।
सारदा उमाविका प्राचार्य उद्धव सुजखुका अनुसार टिएलसीमा जाडोले पढ्नै नसक्ने भए पनि समस्या आएको बताउँदै नयाँ भवन बनाइदिन दाता आए पनि विश्वसम्पदा क्षेत्रभित्र रहेको भन्दै नयाँ भवन बनाउन नगरपालिकाले स्वीकृति नदिँदा थप समस्या आएको बताए । रासस
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें