गुरुवार, 24 दिसंबर 2015

भूकम्पपीडित कर्मचारीका लागि उठाइएको तीन करोड हरायो ?


nepali-note९ पुस, काठमाडौं । वैशाखको विनाशकारी भूकम्पमा मृत्यु भएका निजामती कर्मचारीको परिवारलाई सहयोग गर्न कर्मचारीबाट तीन करोड रुपैयाँ संकलन भयो । ६६ लाख रुपैयाँ पीडित परिवारलाई वितरण भयो । तर, बाँकी रकम कता गयो ? कतै विवरण छैन । भूकम्पमा काठमाडौंसहित विभिन्न जिल्लामा २२ निजामती कर्मचारीको मृत्यु भएको नयाँ पत्रिकामा खबर छ । मृतक कर्मचारीका आफन्तलाई सहयोग गर्न भन्दै सरकारले प्रत्येक कर्मचारीबाट एक दिनबराबरको तलब उठाएको थियो । सामान्य प्रशासन मन्त्रालयका अनुसार ८० हजार कर्मचारीबाट एक दिनबराबरको तलबस्वरुप झन्डै तीन करोड ५० लाख रुपैयाँ उठाइएको थियो । 

कोई टिप्पणी नहीं: