६ पुस, काठमाडौं । नेपाल–भारतबीच हवाई सम्झौतासम्बन्धी प्रक्रिया सुरु भएको ५ वर्षमा पनि निष्कर्षमा पुग्न सकेको छैन । दुई देशबीच एयर स्पेस एग्रिमेन्ट (एएसए) नभए नेपालमा बन्दै गरेका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थहरुले उडान अवतरण गर्न नपाउने दुवै मुलुक जानकार छन् ।
कारोबार दैनिकले लेखेको छ – पछिल्लो छलफलमा दुवै पक्षले सन् २०१५ डिसेम्बरसम्ममा सम्झौता गरिसक्ने प्रतिबद्दता जनाए पनि वार्ता नै अनिश्चित भएको छ । त्यसअघिका वार्ता निष्कर्षविहीन हुँदै आएका छन् ।
सम्झौता नभए सन् २०१७ भित्र सञ्चालनमा ल्याउने गरी निर्माण भैरहेको भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न गाह्रो हुनेछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें