बुधवार, 25 नवंबर 2015

दाउरा बेचेर सरकारले कमायो ५६ लाख, झण्डै चार हजार परिवारले दाउरा किने !

९ मंसिर काठमाडौं । सरकार आफैँले काठमाडौंमा दाउरा बेच्न थालेको १० दिन भयो । काठमाडौंका विभिन्न स्थानमा रहेका ४ वटा दाउरा डिपोहरुमा उपभोक्ता सुरुवातका दिनमा जस्तै छ । १० दिनसम्म तीन लाख ८६ हजार किलो दाउरा बिक्री भएको टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन) ले जनाएको छ ।
Wood (16)कात्तिक २९ गतेदेखि दाउरा बिक्री थालेको टीसीएनले औसतमा दैनिक ३८ हजार किलो दाउरा बिक्री गरिरहेको टीसीएनका महाप्रवन्धक बिरेन्द्र यादबले जानकारी दिए । यसबाट सरकारले ५६ लाख रुपैयाँ भन्दा बढी कमाइ गरेको छ । तराईका विभिन्न स्थानमा वर्षौदेखि घाटगद्दि गरिएका (थुपारेको) दाउरा काठमाडौं ल्याएर बिक्री गरिँदैछ । दाउराको बिक्रीको सुरुवात गौसालाको पशुपति र ललितपुरको बालकुमारी डिपोबाट भएको थियो ।
सर्वसाधरणको सहजताका लागि भक्तपुरको कमेरोटार र स्वयम्भुको भगवानपाउमा पनि नयाँ डिपो स्थापना गरिएको टीसीएनका महाप्रवन्धक बिरेन्द्र यादबले जानकारी दिए ।

अहिले टीसीएनसँग काठमाडौंमा एक लाख २९ हजार किलो दाउरा मौज्दात छ । सरकारले पाँच लाख ६ हजार सात सय किलो दाउरा काठमाडौं ल्याइसकेको यादवले बताए । बुधबार पनि तीन ट्रक दाउरा भित्रिँदैछ ।
१० दिनका बीचमा झण्डै डिपोहरुबाट ३ हजार ८ सय हजार भन्दा बढी परिवारले दाउरा किनेको यादवले बताए ।
प्रतिपरिवार सय केजी दाउरा बिक्री भइरहेको छ । दाउराको मूल्य किलोको १५ रुपैयाँ तोकिएको छ । संस्थागत रुपमा दाउरा लैजानेलाई भने किलो १७ रुपैयाँ लिइएको छ ।

कोई टिप्पणी नहीं: