सोमवार, 20 अप्रैल 2015

जाजरकोटको महामारी रोक्न देउतालाई भाकल !

जाजरकोट , बैशाख ७–यहाँको एक गाउँका स्थानियले जिल्लाका अन्य ठाउँमा फैलिएको महामारी आफ्नो गाउँमा नफैलियोस् भनेर देउतालाई वोकाको भाकल गरेका छन् । आईतवार दिउँसो जिल्लाको खगेनकोट गाविसका स्थानियहरु हल्चौरमा जम्मा भई स्थानिय मष्टादेउतालाई वोको भाकल गरेको स्थानिय नारायण खत्रीले जानकारी दिए । यो ठाउँ प्राथमिक स्वास्थ्य चौकी दल्लीवाट ४ घण्टाको दुरीमा रहेको छ ।
jajarkot मष्टदेवताका धामी हर्कवहादुर खत्री,भयार देवताका धामी तिलक खत्री , मन्डली भयारका धामी वमवहादुर खत्रीले कुनै हालतमा आप्नो गाउँमा यो जिल्लाको पैक,अछानी लगाएतका गाविसमा फैलिएको महामारी फैलिन नदिने दावी गरेको खत्रीले वताए । देवताले महामारी रोकेवापत एक वटा वोको वलि खाने धामीले वताएका छन् । सो बेला स्थानिय शिक्षक देखी राजनैतिकदलका मानिस पुगेका थिए । यसअघि पनि दैनिक यसरी जाजरकोटमा गाउँमा धामी ,झाकीको भरमा पर्दा समयमा उपचार नपाई सार्वसाधारणको मृत्यू हुने गरेको छ । यहाँ महामारी फैलिएको गाउँमा धामी, झाक्रीको पर्दा स्वास्थ्य संस्था सम्मा नआएको स्थानिय वुद्धीजिवीले वताएका छन् । अछानी गाविसवाट सुरु भएको यो महामारी जन्य रोग अहिले जिल्लाका ९ गाविसमा फैलिएको छ । अर्छानीमा विद्यार्थीहरु विरामी हुदा धामी,झाक्रीको प्रयोग गरिएको स्थानियले वताएका छन् ।
स्वास्थ्य संस्था लिनु भन्दा पहिले धामी भाक्रीलाई देखाउने चलन रहेको सर्वसाधारणहरु वताउछन् । अन्तिम समयमा स्वास्थ्य संस्थामा लिदा वचाउन नै समस्या हुने गरेको स्वास्थ्य कर्मीहरुको भनाई छ । जिल्लाको नायकवाडामा पनि फैलिएको रोगका कारण सयौ गाउँलेहरु विरामी भएपछि मैनामा रहेको राँगावाँचिलाको देउतालाई नै वोकाको भाकल गरिएको थियो । स्वास्थ्य संस्था भन्दा धामी ,झाक्री भर पर्दा यहाँका दुरदराजका स्थानियहरुको जीवन वचाउन नसकिएको हो । जिल्लाका अधिकांश ठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुदा निकै समस्या हुदै आएको छ । खलंगा गाविसको जिल्ला अस्पताल आउन रिम्ना वासीलाई ३ घण्टा भन्दा वढी लाग्छ । रोकागाउँको लिम्सा प्राथमिक स्वास्थ्य चौकी आउन मुलसामवाट आउन मात्र १ दिन लाग्छ । त्यस्तै नायकवाडाको उपस्वास्थ्य चौकी आउन धुमा, जिरी,लिम्क,कम्द,का स्थानियलाई एक दिन लाग्ने गर्दछ । सक्ला गाविसको सेपुखोला मा स्र्थीत स्वास्थ्य चौकीमा आउन लुहाग, स्याला , ,खारी,काप्ती लगाएतका ठाउँवाट आउन जाँन मात्र १ दिन लाग्ने स्थानियले वताएका छन् । रग्दा गाविसको वाँनियागाउँ,ध्यारगाउँ,लगाएतका दर्जन गाउँका स्थानियहरु चौखामा रहेको स्वास्थ्य चौकी आउन १ दिन भन्दा वढी लाग्ने वताएका छन् । त्यसैगरी भगवती गाविससका सिउन, खात्तीगुत्ता, औलगुत्ता, दामाचौर लगाएतका ठाउँवाट तल्लु स्वास्थ्य चौकी आउन पनि १ दिन लाग्ने स्थानिय वुद्धीवहादुर वस्नेतले वताए । यसरी अधिकाश ठाउँमा रहेका स्वास्थ्य चौकीहरु सवै गाविसको वडा नं १ मा रहदा अन्य वडाका स्थानियलाई पायक पर्ने ठाउँमा नरहेका हुन । तत्कालीन अवस्थाका जनप्रतिनिधीले पायक पर्ने ठाउँ भन्दा पनि आप्नो अनुकुलमा राख्दा यस्तो समस्या आएको हो । 

कोई टिप्पणी नहीं: