गुरुवार, 2 अप्रैल 2015

साढे ३ बजे केसीको अनशन तोडिने !

काठमाडौ, चैत्र १९ - डा. गोविन्द केसी अनशन तोडेको १२ औं दिन आज साढे ३ बजे तोडिने भएको छ । डा. केसी र सरकारका मुख्य सचिव लिलामणी पौडेलले भर्खरै सहमतिको मस्यौदामा हस्ताक्षर गरेका छन् । केसीले नियमविपरीत सम्बन्ध प्रक्रिया अघि बढाउने विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारी बर्खास्त गर्नुपर्ने र शिक्षा मन्त्रीलाई समेत कारवाही हुनुपर्ने भनी राखेको बारेबारे आयोग बनाउने सहमति भएको छ ।
पुरानवेदन अदालतको पूर्व मुख्य न्यायाधीशकेा संयोजकत्वमा छानबिन आयोग बनाउने र सोही सिफारिसको आधारमा काम गर्ने सहमति भएको छ भने केसीका अन्य सबै माग सरकारले पूरा गर्ने भएको छ । सहमतिमा सरकारको तर्फबाट मुख्यसचिव पोडेलसहित योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र साक्षीका रुपमा चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । कानुनमन्त्री नरहरी आचार्यले सरकार सहमति कार्यान्वयनमा दृढ भएको भन्दै गोविन्द केसी पुन यही मागको लागि अनशन बस्नु नपर्ने बताए ।
चिकित्सक संघको सबै आन्दोलन फिर्ता
नेपाल चिकित्सक संघले डा. केसीको अनशनको समर्थनमा आयोजना गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । संघले केहीबेर अघि पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको घोषणा  गरेको हो । डा. केसी र सरकारका मुख्य सचिव लिलामणी पोड्यलबीच सहमतिमा हस्ताक्षर भएलगत्तै संघले यस्तो घोषणा गरेको हो ।
संघको घोषणासंगै दुई दिनदेखि देशभरका अस्पतालमा ठप्प भएको ओपीडी सेवा सूचारु भएको छ ।




  

कोई टिप्पणी नहीं: