मंगलवार, 31 मार्च 2015

सुवास नेम्वाङ झन्डै जेलमा !

काठमाडौं,चैत १७ – जिल्ला अदालतको रेकर्डलाई मात्र आधार मान्दा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र पूर्वगृहमन्त्री भीम रावल १८ दिनका लागि जेल जानुपर्ने रहेछ । पञ्चायतकालदेखि केही दिनअघि सम्मको यो अवस्था कानुनतः हालैमात्र परिवर्तन भएको हो ।
subash-nemwang नौं वर्षदेखि लगातार राष्ट्रको पाचौं मर्यादाक्रममा रहेका सभाध्यक्ष नेम्वाङ र पूर्वगृहमन्त्री रावलले कैद भुक्तान गर्नुपर्ने रेकर्डबारे अदालत आफैंले उनीहरुलाई खबर गरेको भने होइन । नेम्वाङ घर व्यवहार मिलाउनका लागि भाइ सुरेशकुमारर्लाइ अधिकृत वारेसनामामा गत बिहीबार काठमाडौं जिल्ला अदालत जान लागेका थिए । पूर्वतयारीका लागि गएका सुरेशकुमार र नेम्वाङका स्वकीय सचिव बुद्दि खनाल त्यतिबेला तीनछक परे जब अदालतले १८ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले सभाध्यक्ष नेम्बाङलाई वारेसनामा प्रमाणित गर्न नमिल्ने जानकारी दियो । नेम्वाङ,रावल र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य भीम न्यौपानेसहित तत्कालीन झापा विद्रोहका समर्थकलाई पञ्चायती व्यवस्थाले २०३३ मा पक्राउ गरी राजकाज मुद्दा लागेको थियो । तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले सरकारको अवहेलना गरेको भन्दै ६ महिना कैद फैसला गरेका थिए । फैसला अघि नै ६ महिना जेल बसेकाले रिहा भएका नेताहरुले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले अञ्चलाधीशकै फैसला सदर गरेकाले थपिएको १८ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालती रेकर्ड बहुदलीय व्यवस्था हुँदै लोकतन्त्र र गणतन्त्रसम्म कायम भएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।  

कोई टिप्पणी नहीं: