गुरुवार, 29 जनवरी 2015

३ अर्बको ठेक्कामा ३० करोडको चलखेल

काठमाडौं, माघ १५ – ‘साना निर्माण व्यवसायीहरुदेखि सबैको हितमा काम गर्ने गरी हामीले प्रतिबद्धता जनाएका छौं । हाम्रो कार्यकालमा निर्माण व्यवसायीले देखिनेगरी परिवर्तनको महसुस गर्न पाउनुहुन्छ ।’ यो भनाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हो ।
sarad gauchanकेहि महिना पहिलेमात्रै सम्पन्न भएको निर्माण व्यवसायीको १७ औं साधारण सभामार्फत अध्यक्षमा निर्वाचित भएका उनले आफैंले गरेको प्रतिबद्धताको खिल्ली उडाउन थालेका छन् । उनले सबै व्यवसायी लाई समेटेर उनीहरुकै हितका लागि काम गर्ने भनेपनि आफ्नो खल्ती भर्ने खालका काम गर्नमा तल्लीन हुन थालेका हुन् ।
निर्माण व्यवसायी सम्बद्ध स्रोत काअनुसार उनी निर्माण व्यवसायीको उत्थानमा भन्दापनि आर्थिक चलखेल गर्न लागि परेका छन् । बुधबार भएको मध्यपहाडी लोकमार्गको ठेक्कापट्टामा उनको नेतृत्वमा करोडौंको चलखेल भएको स्रोतको भनाई छ । तीन अर्बको मध्यपहाडी लोकमार्गको ठेक्कापट्टामा कमिसनको चक्करमा गुण्डा र दलालहरुमार्फत उनले सो चलखेल गरेको विस्वस्त स्रोतले रातोपाटीलाई बतायो ।

त्यसका लागि उनले व्यवसायीहरुसँग कमिसनको मोलमोलाई गरेको, आर्थिक चलखेलमा आफ्नो पक्षकालाई टेन्डर दिलाईदिनदेखि लिएर आफू अनुकुल हुने काम गर्न गुण्डाहरुमार्फत व्यवसायीहरुलाई दवाव दिएको समेत स्रोतको भनाई छ । ठेक्कापटका लागि महासंघको कार्यालयबाट फराम लिनका लागि समेत ठूलो चलखेल भएको तथा उनले व्यावसायीहरुको हितको लागि भन्दा पनि निर्माण क्षेत्रमै आतंक सिर्जना गरेको निर्माण व्यावसायीहरुले गुनासो गरेका छन् । अझ उनले साधारणसभा ताका आफ्ना विपक्षमा लाग्नेहरुलाई त झन् छानीछानी पक्षपातपूर्ण व्यवहार गर्ने गरेको उनीहरुको गुनासो छ ।
उनको मनोमानी र चलखेलपूर्ण कार्यविरुद्ध महासंघकै केहि पदाधिकारीले आवाज उठाउँदै आएपनि उनले दादागिरी र गुण्डागर्दीको बलमा उनीहरुको आवाजलाई दवाउने गरेको समेत स्रोतले बतायो । उनको मनोमानीपूर्ण कार्यविरुद्ध संघकै उपाध्यक्ष विष्णुभाई श्रेष्ठले हिजो मध्यपहाडी लोकमार्गको ठेक्कापट्टामा समेत विरोध जनाएका थिए । तर यसविषयमा उनले विरोध जनाउँदा उल्टै उनी जंगिएर झण्डै हात हालाहालको सिर्जना भएको नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले जानकारी दिए । उनले निर्माण क्षेत्रमा आतंक मच्चाउँदै आएको भएपनि उनी स्वयम्ले भने न्युनमात्रामा मात्रै ठेक्कापट्टाको काम गर्दै आएका छन् ।

ठेक्कापट्टाको काम नगर्ने तर गुण्डागर्दीको बलमा आतंक मच्चाउँदै आएका उनले पछिल्ले समय अकुत सम्पत्ती समेत कमाएको स्रोतको दाबी छ । उनको सम्पत्तीबारे अहिले  सम्पति सुद्धिकरण र अख्तियारले समेत सुक्ष्म अनुसन्धान गरिएको स्रोतले जनाएको छ ।
यसअघि तीन कार्यकाल निर्माण व्यवसायी महासंघको महासचिव बनेका उनी गत मंसिरको अन्त्यतिर भएको साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

कोई टिप्पणी नहीं: