गुरुवार, 27 नवंबर 2014

धूलिखेल 'रिट्रिट'मा सार्क नेताहरु, मोदी र सरिफ सँगसँगै

काठमाडौं , मंसिर ११ - सार्क शिखर सम्मेलनमा आएका सरकार प्रमुखहरू बिहीबार धुलिखेलस्थित द्वारिका रिसोर्टमा 'रिट्रिट' का लागि सहभागी भएका छन् ।
काठमाडौंस्थित सोल्टी होटलबाट निस्किएका सार्क नेताहरु त्रिभूवन विमानस्थलबाट होलिकोप्टरमार्फत धूलिखेल पुगेका हुन् । 'रिट्रिट'बाट फर्केपछि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सार्क समापन समारोह हुनेछ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले टि्वटरमा राखेको तस्बिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँगसँगै देखिएका छन् ।
अंग्रेजी अल्फाबेटअनुसार देशका प्रमुखहरूलाई बिहान ८स्१५ बजेदेखि एयरपोर्ट अतिविशिष्ट कक्षमा र त्यसपछि नेपाली सेनाको 'सुपर कोमा' हेलिकप्टरमा राखेर सार्क नेताहरुलाई रिसोर्ट लगिएको थियो । रेल-वे, ऊर्जा र यातायातमा हालसम्म नभएको सम्झौता 'रिट्रिट' मा हुन सक्नेछ ।

सार्क राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुलाई धूलिखेलमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गरेका थिए । आठै देशका सरकार प्रमुखहरूले आपसी कुरा गरी फोटोसेसन गरेका छन्। उनीहरू त्यहीं लन्च गरेर करिब २ बजे फेरि एयरपोर्ट हुँदै करिब ४ बजे राष्ट्रिय सभागृहमा समापन समारोहमा सहभागी हुन आउने कार्यक्रम छ ।
लगत्तै समापन समारोहको सुरुआत हुनेछ । करिब आधा घन्टाको समापन समारोहमा घोषणा पत्र जारी गरेपछि फोटो सेसन हुनेछ । त्यसपछि उनीहरू होटलमा फर्कनेछन् । बेलुकी ६-७ बजेसम्ममा राष्ट्रपति रामवरण यादवले दिएको रात्रिभोजमा सरिक हुन सरकार प्रमुखहरू राष्ट्रपति भवन शीतल निवासमा पुग्ने कार्यक्रम छ । नौ बजेपछि रात्रिभोजबाट उनीहरू बिदाइ हुनेछन् ।












कोई टिप्पणी नहीं: