सोमवार, 13 अक्तूबर 2014

अब सबै नेपालीले धर्म परिवर्तन गर्नुपर्छ: चन्द्र भण्डारी

प्रेम सुनार गुल्मी, असोज २७  – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्बर २ का सभासद् चन्द्र भण्डारीले सबै नेपालीहरुले अब धर्म परिवर्तन गर्नु पर्ने धारणा राखेका छन् । अपाङ्गहरुका लागि गुल्मीको सदरमुकाम तम्घासमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले भने–‘ देउता पुजेर मात्र पुण्य कमाईँदैन मानवीय सेवा गरे मात्र खास धर्म हुन्छ र पुण्य कमाईन्छ। यसर्थ अब सवैले धर्म परिवर्तन गरेर मानवीय सेवा गर्ने धर्म गरौं । ’ भोको पेटलाई खाना नदिने तर मन्दिरमा ढुङ्गाको मुर्तीलाई फलफुल, रोटी आदि चढाउनेहरुलाई इङ्गित गर्दै सभासद भण्डारीले भने–‘ अब त्यस्तो धर्म गरेर हुँदैन गरिब असाहयहरुको उद्धार गरौं, त्यही नै ठूलो धर्म हो । ’ आफूले पनि सभासदको तलब भत्ताले गरिबका छोरा छोरीहरु पढाउँदै आएको बताउँदै उनले विदेशमा रहेका गुल्मेलीहरुले दुःखी गरिबहरुको उद्धारका लागि गर्दै आएको सहयोगको खुलेर चर्चा गरे । अबको धर्म मात्र होईन राजनीति पनि यस्तै हुनुपर्छ’– उनले थपे उपचार गर्न नसकेर विपन्न मानिसहरुको अकालमा ज्यान गएको छ ,जसलाई राज्यले जिम्मा लिनु पर्ने हो तर राज्यले गर्न नसकेको काम हाम्रा विदेशमा रहेका गुल्मेलीहरुले गरेका छन् उनीहरुप्रति म कृतज्ञ छु । ’ भण्डारीले गुल्मीका मिडियाहरुले विदेशमा रहेका नेपालीहरुसँग पुलको काम गरिरहेको चर्चा गर्दै आगमी दिनहरुमा पनि दुखी गरिबहरुका पिर–मर्काहरु सशक्त रुपले उठाउन आग्रह गरे ।  

कोई टिप्पणी नहीं: