शुक्रवार, 25 जुलाई 2014

विद्यार्थी भ्रमणमा गएको बस दुर्घटनामा १८ जना घाइते

भक्तपुर, श्रावण ९ - नगरकोटबाट भक्तपुर तर्फ आउँदै गरेको भाडाबस भक्तपुरको बागेश्वरी २ स्थित बिहीबार दिउँसो दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जनमैत्री कलेज कुलेश्वरको पत्रकारिताका विद्यार्थी लिएर नगरकोट भ्रमण गएको  बा १ ख ६७४६ नम्बरको  बस दुर्घटना भएको हो । बसमा २३ जना विद्यार्थी, शिक्षक र चालक दलसहित २७ जना यात्रु  थिए । दुर्घटनामा गम्भीर घाइतेहरुका झत्तपुरमा उपचार नभएपछि राजधानी पठाइएको छ । ११ जना घाइतेहरुको भने भक्तपुर अस्पतालमका उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं: