मंगलवार, 29 जुलाई 2014

प्रहरी तालिम केन्द्र भित्रै मजदुरलाई कुटेर हत्या गरेको आरोप

भावुक योगी/ उज्यालो । बर्दिया, साउन १३ - प्रहरी तालिम केन्द्र नेपालगञ्ज बाँकेमा काम गरिरहेका बर्दियाका एक युवकको ५ दिन अघि मृत्यु भएपछि घरपरिवार र आफन्तले रहस्मय ढंगबाट मृत्य भएको भन्दै छानविनको माग गरेका छन् । नेपालगञ्ज प्रहरी तालिम केन्द्र भित्र मार्वल टाईल्स बिच्छ्याउने काम गरिरहेका शिवपुर गाविस ७ बनखेत गाउँका ३० वर्षिय डिल्लीराज पोख्रेलको गत ६ गते राती उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा मृत्यु भएको थियो । मृतकको दुवै तिघ्रा, पेट, हत्केलामा चोट देखिएका कारण प्रहरी तालिम केन्द्र भित्रै रहस्यमय तरिकाले कुटपिटपछि मृत्यु भएको भन्दै १३ दिनको काम सकेर उजुरी दिने र सडकमा उत्रिने परिवारजनले बताएका छन् ।
‘घटना ५ गते रातीको रहेछ, ५ गते दिउस खबर पायौँ, अस्पतालमा राती पुग्यौँ, भाईको तिघ्रा, पेट र हत्केलामा चोट लागेको थियो ’ मृतकका मावलका दाई छबिलाल खनालले भन्नुभयो ‘मेरो तिघ्रामा र पेटमा चोट लागेर बढी दुखिरहेको छ, मलाई औषधि गर, दुखाई कम भएपछि कस्ले के गरेको हो सबै भन्छु भन्थ्योे, लखनउ लैजादै थियौँ, लखनउ पनि पुग्यौँ, भाईले प्राण पनि त्याग्यो ।’ कुन पापीले यसरी पिट्यो, मेरो छोराको मृत्यु भयो, छोराले यहि साउन १५ गते घर आँउछु भन्थ्यो, गहभरी आँसु राख्दै मृतकका बुवा नन्दलाल पोख्रेलले भन्नुभयो । दुई छोरा हुन जेठो विदेशमा छ, कान्छो छोराको यो गती भयो, बुहारी छैन, ८ वर्षको नाती मात्रै छ, नातीले मसँग सोध्छ, हजुरबुवा बाबा खै, कहाँ जानुभयो, म के जवाफ दिँउ उहाँले रुदै भन्नुभयो ।
‘सुरुमा होसै भएन कस्लाई गुहार्ने केही सोच्न सकिन, ७ गते नेपालगंजमा पोष्टमार्टम गरी सोही दिन छोराको शव लिएर घर आएँ’ मृतकका बुबा नन्दराज पोख्रेलको भन्नुभयो ‘प्रहरी तालिम केन्द भित्रै छोरालाई कसैले कुटपिट गरी घाईते बनाएको रहेछ ।’ पोख्रेललाई ५ गते राती घाईते अवस्थामा प्रहरी भ्यानमा राखेर भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज पुर्याएको प्रत्यक्षदर्शीले देखेर बताएको मृतकका आफन्त डिलराज पौडेलले बताउनुभयो । तर प्रहरीले पोख्रेल कसरी घाइते भएको भन्ने केही जानकारी नदिएको आफन्तका भनाई छ । एक ठेकेदारले मृतक पोख्रेल सहित ४ जना तालिम केन्द्र भित्र मार्वल टाईल्स बिच्छ्याउने काम लगाएका थिए ।

कोई टिप्पणी नहीं: