गुरुवार, 24 जुलाई 2014

सिद्धबाबामा "कलमको बाटो"को शुभ मुहरत !

दिनेश श्रेष्ठ, बुटवल  सावन ८ - युनिक मुभिजको ब्यानरमा निर्माण हुन लागेको जनचेतना मुलक कलमको बाटो नामक छोटो चलचित्रको आज बुटवलको सिद्धबाबा मन्दिर परिसरमा एक कार्यक्रमका विच शुभमुर्हत गरिएको छ । चलचित्रका लेखन तथा निर्देशक प्रकाश ढकालको अध्यक्षतामा तथा राष्ट्रिय कलाकर्मीसंघका केन्द्रिय उपाध्यक्ष बाबुराम घिमिरेको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले चलचित्रका विाषयमा धारणा राखेका थिए । सो अवसरमा कलाकार कुलचन्द्र पुरी, सुजन न्यौपाने, सविन बराल लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि घिमिरेले जनचेतनामुकल चलचित्रको निमार्ण हुनु सकारात्मक भएको बताउनु भयो । उहांले मनोरञ्जनसंगै जनचेतनामुलक चलचित्र निमार्णमा लाग्न पनि आग्ह गर्नु भयो । सो अवसरमा निर्देशक ढकालले चलचित्रका विषयमा जानकारी दिदै समाजमा परिर्वतन ल्याउनकालागि यो चलचित्र निमार्ण गर्न लागेको बताउनु भयो । केहिदिनपछि पाल्पा, बुटवल लगायतका स्थानमा चलचित्रको छायांकन हुने सो अवसरमा जानकारी गराईएको छ । चलचित्रमा कलाकारहरु निर्मल शर्मा, सिता ज्ञवाली, सुनिल न्यौपाने, सविन बराल,कृष्ण बस्नेत,कुलचन्दं पुरी र राजेश गैरै लगायतले अभिनय गर्ने भएका छन् । चलचित्रको छायांकन टंक केसी,सम्पादन विकास ज्ञवाली, निमाणर््ा नियन्त्रक सुजन न्यौपाने , शव्द तथा संगीत कृष्ण भट्टराइ र श्रृगार सुरुचि लामिछानेको रहने बताईएको छ ।

कोई टिप्पणी नहीं: