बुधवार, 16 अप्रैल 2014

दमिनी साहिली’लाई अन्तर्राष्ट्रिय पुरस्कार

३ बैशाख, पर्वत । साना व्यवसायीको संस्था जिल्ला लघु उद्यमी संघ पर्वत र राष्ट्रिय लघु उद्यमी संघकी अध्यक्ष केशाकुमारी परियारलाई शान्तिका लागि व्यवसायिक अन्तराष्टि्य पुरस्कारबाट सम्मानित गरिने भएको छ । उनलाई यो पुरस्कार नर्वेको विजनेस फर पिस प्रतिष्ठानले आगामी जेठ १ गते ओस्लोस्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा विशेष समारोहबीच प्रदान गरिने बताइएको छ । आफूले जीवनमा कल्पना नै नगरेको पुरस्कार पाउँदा पर्वतको खानी गाउँ विकास समिति-५ की ५१ वर्षीया परियारसँग खुसीको सीमा नै छैन । विश्वकै प्रतिष्ठित शान्तिका लागि व्यवसाय -विजनेस फर पिस पुरस्कार पाउने घोषणा भएपछि उनले जिन्दगीमै नसोचेको सफलता प्राप्त गरेको बताइन् । झन्डै डेढदशक पहिलेसम्म गाउँमा सबैले ‘दमिनी साहिली’ भनेर बोलाउँथे, छ वटा छोरी जन्मेपछि परिवारबाट समेत तिरस्कार व्यहोर्नु पर्‍यो । ‘अहिले यो पुरस्कार पाउँदा मैले ‘दमिनी साहिली’को सम्मान भएको अनुभव गरेकी छु’ परियारले भनिन् । रासस  

कोई टिप्पणी नहीं: