कार्तिक ६ ,गणतन्त्रकोरिया- एक्काईसौंशताब्दीकोआधुनिक वैज्ञानिक युगमा समेत बुद्ध धर्मले झन झन गहिरो जरा गाड्दै गएको छ ।
विशेष गरेर युरोप र अमेरिकामा बुद्ध धर्म प्रति व्यापक आकर्षण बढ्दै गई उनीहरुकै सक्रियतामा हरेक देशहरुमा बुद्ध संगठन र बौद्ध गुम्बाहरु निर्माण भईरहेको छ । बुद्ध धर्म प्रति आश्था राख्ने हामी सबैलाई खुशीको विषय हो । हुन त बुद्ध धर्मलाई कसै कसैले कुनै पनि धर्म नमान्ने धर्म पनि भन्दछन् भने कसै कसैले बुद्ध धर्म, धर्म नभएर दर्शन हो पनि भन्दछन् । तर जसो भए पनि बुद्ध धर्मको महत्व यति छ की विश्व प्रसिद्ध बैज्ञानिक अलस्र्ट आइन्सताईन समेतले भनेका थिए । “आधुनिक वैज्ञानिक युगमा सुहाउ‘दो धर्म यदि कुनै छ भने त्यो बुद्ध धर्म नै हो ।”
शायद बुद्ध धर्मको महत्व बुझेर नै होला छिमेकी राष्ट्र भारतले खबौं खर्च गरेर नक्कली लुम्बिनी बनाएको, नक्कली लुम्बिनी बनाउ‘दा पनि हाम्रो सरकारी निकाएको तटस्था र बुद्धिस्टहरुकै मौनता अचम्म लाग्दो छ । विश्वको करोडौं बुद्धिस्टहरुलाई बुद्ध नेपाली हुन भन्ने अनभिज्ञ छन् । उदाहरणको लागि दक्षिण कोरियाको पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको हो भन्ने शब्द वा वाक्यांश लेखेको पाईन्छ ।
यस्तो शब्दले सार्वभौम सत्ता राज्यका स्वाभीमानी नागरिकहरुको हैसियले सबैको स्वाभिमानमा गम्भिर चोट पुग्छनै र राष्ट्रिय अस्तित्वको समेत ठुलो प्रश्न चिन्ह खडा भएको हु‘दा यस्तो संवेदनशिल विषय माथि सबैको ध्यान जानै पर्दछ । बुद्ध हाम्रो नेपालीको मात्र हो भन्न पो अप्ठ्यारो, बुद्ध नेपालमा जन्मेको हो भन्न किन अप्ठ्यारो, सत्य र यथार्त कुरा बोल्न किन डर बुद्ध धर्म नमान्नुस तर बुद्ध नेपालमा जन्मेको हो भन्ने कुरा हामी सबैले मान्नै पर्दछ ।
विश्वको करोडौ बुद्धिष्टहरुलाई राम्रो संग प्रचार प्रसार गरेर ०.१ प्रतिशत मात्र नेपालमा पर्यटकहरु भित्राउन सक्यौं भने पनि नेपालीहरुको आयश्रोत माथि उठी देश विकासमा ठूलो भूमिका रहने कुरा सम्पूर्ण नेपालीहरुले बुझ्नै पर्दछ ।
यस्तो संवेदनशिल विषयलाई संवोधन गर्न यहि अक्टोवर ३० तारिकका दिन लुम्बिनी विकाश कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्गबो सेर्पा र डा. नरेशमान बज्रचार्यको र कोरियाका बौद्ध सम्प्रदायका ठूला ठूला लामाहरु, राजनितिज्ञहरु प्रोफेसरहरु साथै विभिन्न देशका लामा र राजदुतहरुको समुपस्थितिमा “लुम्बिनी बुद्धको जन्मभूमि शान्तिको उदगम स्थल” भन्ने शिर्षकमा गोष्ठी सम्पन्न हुनगई रहेकोले अध्यक्ष ईश्वर गुरुङ्ग द्वारा सम्पूर्ण नेपाली, बुद्धिजिवीहरुलाई उपस्थितिहुन अनुरोध गर्नु भएको छ । साथै मन्त्रि परिषदको बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिह महत्वबारे जानकारी दिन र लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन सन २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउन गरेको निर्णय प्रति नेपाल बौद्ध परिवार दक्षिण कोरियाले स्वागत गरेको छ ।
(सुरज गुरुङ)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें