काठमाडौ, कार्तिक २ - चलचित्र निर्देशक दीपक रायमाझीको बुधबार बिहान हृदय घातका कारण निधन भएको छ । ५८ वर्षीय रायमाझीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।
२३ वर्षअघि भाग्यरेखा चलचित्र निर्देशन गरेर आफ्नो करिअर सुरु गरेका रायमाझीले नायक राजेश हमाल, रमेश उप्रेती, मेलिना मानन्धरलगायत कलाकारलाई 'ब्रेक' दिएका थिए ।
१९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर गरेका रायमाझीको पछिल्लो चलचित्र 'डेस्टिनेशन काठमाडौं' निर्माणाधिन थियो । उनले यो चलचित्रलाई आफ्नो करिअरसाग जोड्दै ईकान्तिपुरसित केही दिनअघि भनेका थिए, 'यो मेरो डि्रम प्रोजेक्ट हो ।' पर्यटन वर्ष २०११ भित्रै पहिलो प्रदर्शन गर्ने तयारी गर्दै गरेका उनी यसैसाता अष्ट्रेलिया जाने तयारीमा थिए ।
रायमाझीको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने चलचित्र निर्देशक सुमन दाहालले जानकारी दिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें