बुधवार, 19 अक्टूबर 2011

दुई बस्तीमा एक महिनादेखि विद्युत् सेवा अवरुद्ध

डडेल्धुरा,२ कार्तिक। जिल्लाको कैलपालमाण्डौ गाविस वडा नं.-४ का दुई बस्तीमा करिब एक महिनादेखि विद्युत् सेवा अवरुद्ध छ। विद्युत् सेवा अवरुद्ध भएपछि ओखलवाटा र कापडी गाउँका स्थानीय बासिन्दाले निकै सास्ती खेप्नु परेको छ।
आवश्यकताअनुसार विद्युत् आपूर्ति नहुँदा स्थानीय वासीलाई दुई घन्टा लामो पैदलबाटो हिडी कुटानी पिसानु गर्नु परेको छ भने विद्यार्थीको पढाइमा बाधा उत्पन्न भएको छ। यसले टुकी बाल्दा पनि विद्युत्को बिल तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। ट्रान्सफार्मरको तार खिइँदै गएको र क्वाइल जलेर नष्ट भएकाले विद्युत् आपुर्तिमा अवरोध पुगेको छ।
सम्बन्धित निकायलाई पटकपटक खबर गर्दासमेत त्यसप्रति चासो नदिएको स्थानीयवासीको गुनासो छ । बारम्बार फोनबाट सम्पर्क गर्दा पनि सम्बन्धित निकायले झुटो आश्वासन मात्र दिने गरेको कैलपालमाण्डौका विद्यार्थी कृष्णबहादुर साउदले बताए । रासस

कोई टिप्पणी नहीं: