दुई प्रहरी घाइते, घटनामा संलग्न छ जना पक्राउ-दिलीप पौडेल, बाग्लुङ, असोज २९- झगडा मिलाउन गएका प्रहरीमाथि खुकुरी प्रहार गर्दा दुई प्रहरी जवान घाइते भएका छन्। घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय,बाग्लुङमा कार्यरत दिपेन्द्र शुक्ला र मुकेश हरिजन रहेका छन्।
बाग्लुङ नगरपालिका-३गुठीको सन्तोष नेपालीको घरमा झैझगडा भएको थाहा पाएपछि मिलाउन गएराति गएका प्रहरीलाई नेपालीसहितको एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइतेको धौलागिरी अञ्चल अस्पताल, बाग्लुङमा उपचार भैरहेको छ। घाइतेको टाउको र हातमा गम्भीर चोट लागेको छ।
जिल्ला प्रहरी कायालय बागलुङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले बताए, 'गस्तीमा गएको प्रहरी नेपालीको घरमा झगडा भएको देखेपछि जाँदा उल्टै प्रहरी जवानमाथि आक्रमण गरियो। चतुर्वेदीले भने,'सन्तोष नेपालीसहित उसको परिवार र साथीले समेत प्रहरीमाथि आक्रमण गरेका छन्।'
नेपाली यस अगाडिपनि विभिन्न घटनामा संलग्न भई प्रहरीले पटकेमा छाडेको थियो।
आक्रमणमा संलग्न नेपाली, उनकी आमा लक्ष्मी, बहिनी जमुना बोहोरा, साथी शेरबहादुर गुरुङ र गंगा गुरुङलाई प्रहरीले नियन्त्रणमा राखेको छ। घटनामा संलग्नलाई ज्यान सम्बन्धी मुद्दा चलाइने डिएसपी चतुर्वेदीले बताए।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें