बुधवार, 19 अक्टूबर 2011

मलुकभर एकैसाथ राष्ट्रिय साक्षरता अभियान सुरु


 भक्तपुर,२ कार्तिक। अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले मङ्गलबारदेखि मुलुकको ७५ वटै जिल्लामा राष्ट्रिय साक्षरता अभियान कार्यक्रम सुरु गरेको छ। देशका १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई साक्षर बनाउन केन्द्रले एकसाथ मुलुकभर पहिलो चरणको साक्षरता अभियान सुरु गरेको केन्द्रका उपसचिव माधवप्रसाद दाहालले बताउनुभयो।
पहिलो चरणअन्तर्गत कात्तिकदेखि पुससम्म दोस्रो चरणमा माघदेखि चैतसम्म र तेस्रो चरणमा वैशाखदेखि असारसम्म गरी तीन चरणमा अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसवर्ष कुल १० लाख ३५ हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखिएकामा पहिलो चरणमा तीन लाख ५० हजार निरक्षर नागरिकलाई साक्षर बनाइने दाहालले बताउनुभयो।
केन्द्रले निरक्षरको सङ्ख्या बढी भएका जिल्लामा प्राथमिकतासहित यो अभियान साचालन गरेको छ भने १५ हजारभन्दा कम निरक्षर भएका नौ जिल्लाभित्र यस वर्ष निरक्षर उन्मूलन गर्ने लक्ष्य केन्द्रले राखेको छ। केन्द्रले कम साक्षर दर भएका मनाङ, मुस्ताङ, सोलुखुम्बु, रसुवा, मुगु, हुम्ला, डोल्पा, काचनपुर र तेह्रथुम जिल्लालाई पूर्ण रुपमा साक्षर बनाउने लक्ष्य राखिएको दाहालले बताउनुभयो।
केन्द्रले यस वर्ष साक्षरता अभियान सफल पार्न नेपाली बाहेक नेवारी. मैथली, भोजपुरी, लिम्बु, डोटेल, थारु, मगर, गुरुङ, वान्तवा लगायतका विभिन्न मातृभाषाको समेत प्रयोग गर्ने गरी सहयोगी कार्यकर्ता तयार पारेको छ। यसका लागि केन्द्रले प्रत्येक जिल्लामा जिल्ला शिक्षा कार्यालय मार्फत बनेको अनौपचारिक साक्षरता समितिको सुझाव अनुसार कोटा निर्धारण गरी कक्षा साचालनको व्यवस्था मिलाएको छ।
केन्द्रले कक्षा साचालन गर्ने सहयोगी कार्यकर्तालाई प्रशिक्षक तालिम समेत साचालन गरेको छ भने हिमाली क्षेत्रमा २० जना बराबर एक र पहाड तथा तराई क्षेत्रमा ३० जना बराबर एक सहयोगी कार्यकर्ता रहने व्यवस्था गरेको छ। यस अभियानका लागि करिब ७० करोड रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ। मुलुकका कति निरक्षर छन् भन्ने यथार्थ तथ्याङ्क नभए पनि करिब ५२ लाख नागरिक निरक्षर रहेको अनुमान छ। केन्द्रले विगतमा साचालन गरेको अभियानअन्तर्गत २०६५ सालमा २६ लाख २०६७ सालमा १२ लाख ५० हजार र गत वर्ष ६ लाख नागरिकलाई साक्षर तुल्याइएको जनाएको छ। रासस

कोई टिप्पणी नहीं: