६ कार्तिक, काठमाडौ । प्रधानमन्त्री डा.बाबुराम भट्टराइले भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउनु भएको छ ।
चार दिने औपचारिक भ्रमण पुरा गरि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री डा.भट्टराइले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै दुई देशबीचको सम्बन्धलाई उचाइ थप्न र विशेष गरि नेपालको आर्थिक विकासमा भ्रमणले अग्रगामी फड्को मारेको बताउनुभयो ।प्रधानमन्त्री डा.भट्टराइले भ्रमणका क्रममा २५ करोड डलरको सहुलियत ऋण सम्झौतामा, कण्ठ रोग नियन्त्रण र द्विपक्षीय लगानी प्रवर्धन एवं संरक्षण बिपा संझौतामा हस्ताक्षर भएको भन्दै सम्झौता जटिल भएपनि चुनौति मोलेरै भएपनि देशको अग्रणी विकासलाई साथ दिन लागि परेको बताउनुभयो ।
डा.भट्टराईले द्विपक्षीय लगानी प्रवर्धन एवं संरक्षण संझौता राष्ट्र हितका लागि भएको भन्दै यसलाई गलत रुपमा नबुझ्न आग्रह गर्नुभयो ।
उहा“ले दक्ष युवाहरुको बढ्दो बिदेश पलायन तथा बढ्दो व्यापार घाटा रोक्न र विदेशी लगानी प्रबर्धनका लागि बिपा आवश्क रहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री डा.भट्टराईलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदार, विभिन्न मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी तथा सुरक्षा अंगका प्रमुखहरुले स्वागत गरेका थिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें