इटहरी, कात्तिक १२ (नागरिक)- मध्य र पूर्वी क्षेत्रमा विभिन्न जातिय समुहले सशस्त्र गतिविधी गरीरहेकोमा उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले चाडै नै सशस्त्र गतिविधीमा संलग्न समुहको पहिचान गर्ने बताए। उनले सशस्त्र गतिविधि सञ्चालन गर्ने समुह राजनीतिक वा आपराधिक कुन पृष्ठभूमिका हुन पहिचान गर्ने बताए। 'सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्रालयले अन्तर संवाद गरी सशस्त्र गतिविधी सञ्चालन गर्ने समुहको पहिचान गरी सोही अनुसार सरकार अघि बढ्नेछ,' सुनसरी भलुवामा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने। उनले राजनीतिक पृष्ठभूमि भएकालाई राजनीतिक मुल धारमा ल्याउने र आपराधिक पृष्ठभूमि भएकालाई कारबाही अभियान चलाउने बताए।
गृह मन्त्रालयभित्रको अनियमितता र भ्रष्टाचारलाई पनि सुन्नेमा ल्याएर छाड्ने पनि उनले दोहोर्याए। गच्छदारले जटिल मोडमा रहेको मुलुकलाई संकटवाट टार्न सम्पूर्ण राजनीतिक दलहरुले पार्टीगत स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें