सोमवार, 24 अक्तूबर 2011

मंसिर १ देखि सबै जिल्लाबाट एमआरपी

काठमाडौं , कार्तिक ७ - परराष्ट्र मन्त्रालयले मंसिर महिनादेखि मुलुकका सबै जिल्लाका प्रशासन कार्यालयबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को सेवा सुरु गर्ने भएको छ ।
हाल ४१ जिल्लामा सीमित रहेको एमआरपी सेवालाई विस्तार गर्न जिल्लाहरूमा तालिम जारी रहेको मन्त्रालयका अधिकारीले बताए ।
जिल्लास्थित प्रशासन कार्यालयमा फर्म भरेर बुझाएपछि जिल्लाबाटै डेढ महिनाभित्रमा एमआरपी पाउन सकिने सुविधा सर्वसाधारणले पाउनेछन् । 

कोई टिप्पणी नहीं: