मंगलवार, 25 अक्तूबर 2011

नेपाल संवतलाई राष्ट्रिय मान्यताःमन्त्रिपरिषद् बैठक

काठमाडौ, कार्तिक ८ - नेपाल संवतलाई पनि अबदेखि सरकारी क्यालेन्डरमा उल्लेख गरिने भएको छ । विक्रम सम्वतसँगै राष्ट्रिय क्यालेडन्रमा नेपाल संवत पनि लेख्ने निर्णय सरकारले गरेको छ ।
सिंहदरवारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अन्य सम्वतहरुको अध्ययन गर्न पद्मरत्न तुलाधारको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरिएको सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एक महिनाको समय दिइएको आयोगमा कुमार योन्जन र हरिनारायण मल्ल सदस्य छन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विभूति शंखधर साख्वा राष्ट्रिय प्रतिष्ठान गठन गर्नेसमेत निर्णय गरेको छ ।
यसैगरी सरकारले उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न तथा गुरुयोजना तयार पार्न अमेरिका भ्रमणमा पठाउने निर्णय गरेको छ । समितिले अमेरिकी तथा राष्ट्रसंघीय अधिकारीसँग भेट गरी प्रचार प्रसार गर्नेछ ।
यसअघिको मन्त्रिपरिषद् बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा ‘उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति’ गठन गरेको थियो । बैठकले यूवा स्वरोजगार कार्यक्रमको उपाध्यक्षमा डा. पूण्य रेग्मीलाई नियुक्त गरेको छ ।
यसैगरी साउदीका युवराज सुल्तान अब्दुल अजिल अल साउदको अन्त्येष्टिमा वन मन्त्री मो. वकिल मुसलमानलाई पठाउने निर्णय भएको छ ।

कोई टिप्पणी नहीं: