काठमाडौं, कार्तिक ९ - द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सुरक्षा सम्झौता (बिपा) सम्झौताबारे टिकाटिप्पणी गर्नबाट माओवादीले आफ्ना नेताहरुलाई रोकेको छ ।
बुधबार बिहान बसेको स्थायी समिति बैठकले बिपा सम्झौताबारेको विवाद केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गर्दै व्यक्तिगत टिप्पणी नगर्न सचेत गराएको हो । सम्झौताबारे चुलिएको विवाद समाधान गर्न मंगलबारबाट सुरु बैठक बिना निष्कर्ष टुंगिएपछि उक्त विवाद टंग्याउन बुधबार बिहान बैठक बोलाइएको थियो ।
माओवादी पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले बैद्य समूह र संस्थापन पक्षको केही सदस्यकहरुले सम्झौताको विरोध गरेपछि विवादको टुंगो लाग्न नसकेको हो । बैठकले निष्कर्ष नपाएपछि विवाद कात्तिक १७ गते केन्द्रीय समितिको बैठकमा लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले एक साताअघि भएको भ्रमणमा भारतसँग गरेको बिप्पा सम्झौता पछि आफ्नै पार्टीभित्र बैद्य समूहले असन्तुष्ट जनाउँदै आएको छ । उक्त विवाद समाधान गर्न बसेको माओवादीको स्थायी समिति बैठकले बिप्पा विवाद टुंगो लगाउन नसके पछि यही १७ गते बस्ने केन्द्रीय समितिको बैठकमा लैजाने निर्णयय गरेको अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनले बताए ।
बिपा सम्झौताको विवाद स्थायी समितिले समाधान गर्न नसकेछि केन्द्रीय समितिको बैठकमा लगिएको हो । उनले भने, 'केन्द्रीय समितिमा विवाद लैजान अघि कुनै पनि माओवादी नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन नपाउने निर्णय गरेको छ ।'
सार्वजनिक रुपमा कुनै पनि बिरोध गर्न नपाउने बिहान बसेको बैठकले निर्णय गरेको अर्थमन्त्री पुनले बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें